नेकपा एमालेको दुई पटक नेपालगञ्ज नगर कमिटीको सचिवको जिम्मेवारी सम्हाल्नुभएका हारुन ७ पटक बाँके जिल्ला कमिटीको सदस्यको रुपमा काम गर्नुभयो । एमाले भेरी अञ्चल कमिटीको सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुभएका हारुन पार्टी सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठन र लोकतान्त्रिक मधेसी संगठनमा समेत निरन्तर सम्वद्ध रहँदै आउनुभएको छ । हारुन ईत्तेहाद संगठनको चार कार्यकाल केन्द्रीय उपाध्यक्ष र लोकतान्त्रिक मधेसी संगठनको सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यको रुपमा तराई मधेसमा एमालेको संगठन विस्तारमा निरन्तर क्रियाशिल रहँदै आउनुभएको छ ।
आप्mना कुरा प्रष्टसँग राख्न सक्ने हारुन कार्यर्कर्तामाझ लोकप्रिय नेताको रुपमा परिचित रहनुभएको छ । बाँके जिल्लामा केही समयअघि चार हजार ५०० बढि नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो । जिल्ला सह इन्चार्जको रुपमा यसमा हारुनको महत्वपूर्ण भूमिका रहेको एमाले बाँकेका नेताहरुको भनाई छ । हालसम्म राजकीय पदमा ईच्छा नराख्नुभएका हारुन पार्टी संगठन नै पहिलो रोजाई भएको बताउनुहुन्छ । पश्चिम नेपालकै स्थापित नेता हारुन आसन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक रहेका हारुनले केन्द्रीय सदस्यको रुपमा बाँकेमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निभाउनुभएको छ ।