मनोज कौशल
नेपालगन्ज बाँके वैशाख- ८ गते
२ सय अतिविपन्न परिवारलाई नेपालगञ्ज ४ मा खाद्यान्न वितरण गरिएकोछ ।
नेपालगन्ज बाँके वैशाख- ८ गते
नेपालगन्ज नगर बिकास समिति का पुर्व अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य गाेपाल पुनको नेतृत्वमा
नगर बिकास समिति का पुर्व अध्यक्ष पुनले नगरभित्रका अति विपन्न परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउदै नगरपालिकाले भाडामा बस्नेहरु माथि बिभेद गरेको देखे पछि राहत वितरण गर्न बाध्य हुनु परेको बताउनुभयो ।
उहाँले यो बिपतका बेला भाडा वाला होस वा रैथाने सबै बिपन्न परिवारलाई राहत दिन जरुरी रहेकोले तत्काल व्यवस्थित तरिकाले राहत वितरण गर्न सम्बन्धित निकाय संग अपिल गर्नु भयो ।
नेपालगन्ज नगर बिकास समिति का पुर्व अध्यक्ष गाेपाल पुन , राज कुमार श्रेष्ठ ,त्रिलोक पाण्डे ,तेजकान्त अधिकारी , लक्ष्मन बस्याल, राज कस्यप, चित्र बहादुर डागि ,डिल्ली बहादुर बिष्ट लगायतको सहभगितामा राहत वितरण गरिएको थियो ।