मनोज कौशल
नेपालगन्ज- वैशाख-१५गते
नेपालगञ्ज उपमहानगर कमिटिका सचिव दत्त प्रसाद आचार्यले नेपालगञ्ज भित्र रहनु भएका नेकपाका केन्द्रिय नेता,प्रदेशका नेता,प्रदेश स्तरिय विभागका सदस्यहरु,जिल्ला; नगर' वडा कमिटि र जनवर्गिय संगठनका नेता कार्यकर्ता लाई
राष्ट्रिय वाणिज्य बैंक धम्बोजी शाखा मा रहेको चल्ति खाता न:-४१३०००६७१२०१ मा सहयोग रकम जम्मा गर्न अपिल गरेको छ ।
सरकारले चौथो पटक घोषणा गरेको लकडाउन सम्म आईपुग्दा र शनिबार साँझ घोषणा गरिएको लकडाउनका कारण नेपालगञ्ज उपमहानगर भित्र विपन्नहरुको जनजीवन कष्टकर पाईएको भन्दै नेकपाले नेकपा परिवार सँग सहयोगको अपिल गरेको छ ।
श्रमजीवि र गरिब विपन्नको पार्टी भनेर मात्र हुदैन कोभिड १९ को प्रभावले जीवनयापन गर्न अप्ठ्यारोमा रहेकाहरुले नेकपालाई पर्खेर बसेको भन्दै सचिव आचार्यले नगदका साथै खाद्यान्न पनि सहयोग गर्न सकिने बताउनु भएको छ ।
सचिव आचार्यले उक्त खातामा सहयोग गर्न ईच्छुक नेकपाका शुभचिन्तक र संकटको यो घडीमा हातेमालो गर्न चाहनेहरुले पनि सहयोग गर्न सक्ने बताउनु भएको छ ।