मनोज कौशल
चैत-२४ गते
नयाँदिल्ली । भारतमा प्रधानमन्त्री, मन्त्री र सांसदको एक वर्षको तलबमा ३० प्रतिशत कटौती गरिएको छ । भारतको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै संघीय मन्त्री प्रकाश जाभेदकरले सांसदसहित संघीय मन्त्रीको तलबमा एक वर्षका लागि ३० प्रतिशत कटौती गरेको जानकारी दिएका हुन् ।
उनले आजको मन्त्रिपरिषद् बैठकले सन् १९५४ को सांसदको तलब, भत्ता र पेन्सनसम्बन्धी ऐनमा गरिएको संशोधन अध्यादेश पारित गरेको बताएका छन् । यो निर्णय अप्रिल १ देखि एक वर्षका लागि लागु हुने बताइएको छ ।
त्यसैगरी राष्ट्रपति, उपराष्ट्रपति र विभिन्न राज्यका गर्भनरहरुको तलबभत्तामा पनि भोलुन्ट्री रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत कटौती गरिने छ । उक्त कटौती गरिएको रकम भारतको 'कन्सोलिडेटेड फन्ड' मा जम्मा हुने छ," जाभेदकरले भने ।
"हाम्रो नागरिकप्रतिको समाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री, संघीय मन्त्री र हरेक सांसदको ३० प्रतिशत कटौती गर्ने निर्णय गरिएको हो," उनले भने ।