मुलुकको लागि राजसंस्था धेरै नै महत्वपूर्ण छ यसको कारण हो यो देशको निर्माण आजदेखि २४० वर्ष अघि बडा महाराजाधिराज पृथ्वी नारायण शाहले गर्नु भएको थियो । बाइसे चौबिसे राज्यको एकीकरण गरी पृथ्वी नारायण शाह सरकारले विशाल नेपाल राष्ट्रको निर्माण गर्नु भएको थियो । उहाँले यो काम नगर्नु हुन्थ्यो भने नेपाल राष्ट्रको कल्पनासम्म गर्न सकिँदैनथ्यो बडा महाराजाधिराज पृथ्वी नारायण शाह पछि जुन पनि शाह वंशका राजाले शासन गरे उहाँहरुले देशको प्राचीन धर्म, संस्कृति र सभ्यताको संरक्षण संवद्र्धन नै गरे जसबाट सम्पूर्ण विश्वमा यस देशको सम्मान रह्यो । शाहवंशीय जुन पनि राजाले विदेश भ्रमण गरे नेपाललाई हिन्दु राष्ट्रको सम्मान प्राप्त हुँदै रह्यो तर २०६२।०६३ मा क्रिश्चियन युरोपियन राष्ट्रको ईशारा जब जनआन्दोलन भाग २ भयो त्यसको सफलता पछि बनेको विभिन्न सरकारले देश र जनताको हितमा कुनै प्रकारको काम गरेन जसको कारण नेपालको पुरानो गौरवको अन्त भएको छ । अब नेपाली जनता विदेशमा रोजगार गर्न जाँदा गरीब भ्रष्ट मुलुकका बेरोजगारहरु यहाँ नोकरी गर्न आएको भन्दै अपहेलित गरिन्छ देशमा बेरोजगारी बढी रहेकोले २ छाक टार्न नेपाली जनता दिनहुँ विदेशी रहेका छन् । उनीहरु त्यहाँ सस्तो मूल्यमा आफ्नो श्रम बेच्न बाध्य छन् । राजसंस्था हुँदा नेपाली जनताको विदेशी भूमिमा धेरै सम्मान हुने गथ्र्याे अहिले नेपालको मान सम्मान गुमी रहेको छ भने नेपालको अस्तित्व नै खतरामा परेको छ यस कारण यहाँ राजसंस्था पुनस्र्थापना गर्ने माग बढेको छ देशमा अहिले भ्रष्टाचार बढेको छ । देशको सार्वभौम सत्तामाथि आँचपर्ने खालको सन्धि सम्झौताहरु देखा पर्न थालेको छ । राजतन्त्रको पक्षधर पिपुल्स रिभ्यु पत्रिकाका प्रधान सम्पादक पुष्पराज प्रधानले नेपालमा संघीयता गणतन्त्र र धर्म निरपेक्षता विदेशीको एजेन्डामा रहेको कुरा केही दिन अघि भन्नु भएको थियो । उनीको यो कुरा हालै जनताले बुझेका छन् । नेपालको संविधान नेपाली जनताको हित विपरीत भएकोले सबै नेपाली जनताले यसलाई स्वीकारेका छैनन् ५ वर्ष मै यसको चारैतर्फबाट विरोध हुन शुरु भएको हो साथै हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको लागि जनता सडकमा ओर्लिन थालेका छन् पूर्व राजा ज्ञानेन्द्र शाहले २०५८ असोजमा विघटित प्रतिनिधि सभा ब्युँताउनु अघि २०५३ साल वैशाख ११ गते ७ राजनीतिक दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको दावी गर्नु भएको थियो । पूर्व राजा शाहको अनुसार २।३ बुँदामा सीमित त्यस्तो सम्झौतामा राजनीतिक दलहरुमध्येबाट प्रधानमन्त्री नियुक्त गर्ने, बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्र ब्युँताउने लगायत सहमति भएको समेत दावी गर्नु भएको थियो । त्यस्तो सम्झौता बमोजिम आजसम्म पूर्व राजा शाहले कार्य गर्दै आउनु भएको देखिन्छ । तर देशका राजनीतिक दलहरु आजसम्म त्यो सम्झौताको पालन गरेका छैनन् जसको कारण पूर्व राजा शाह विगतदेखि आजसम्म जनताको घरदैलोसम्म पुगी रहेका छन् । केही समय अघि उहाँले भुटानमा भ्रमण गर्नु भयो भर्खरै उहाँ भारतको भ्रमणमा पुगी भएको १२ बुँदे सम्झौतामा सुधार गराउन त्यहाँ जानु हो । अब छिट्टै उहाँको भ्रमण छिमेकी देश चीनतर्फ हुन थालेको छ । छिमेकी देशहरुको समर्थन पूर्व राजालाई मिल्नसाथ नेपालमा राजसंस्था फर्किने बेला आएको छ । पूर्व राजा शाहले अहिले एक पटक पुनः देशलाई नेतृत्वदायी भूमिका दिन खोज्नु भएको छ । यो कुरा अवश्य पनि हो देशमा लोकतन्त्र, गणतन्त्रको त स्थापना भयो तर देशले अभिभावक भने पाउन सकेन । देशलाई आज एउटा अभिभावकको आवश्यकता छ जसले नेपालको प्राचीन धर्म, संस्कृति र सभ्यताको संरक्षण गर्न सकोस् । देशलाई एउटा अभिभावक यस कारण जरुरी छ कि प्रमुख राजनीतिक दलका तमाम नेताहरु विदेशबाट सञ्चालित छन् । विदेशी हस्तक्षेपको कारण देश विदेशी शक्तिको कुचक्रमा फसेको छ । प्रमुख राजनीतिक दलका विभिन्न नेताहरु अहिले क्रिश्चियन राष्ट्रको ईशारामा यहाँ धर्मान्तरणको खेल खेली भारी सम्पत्ति आर्जन गरेका छन् । जुन देशमा ओमकारको स्वर गुञ्जिन्थ्यो आज त्यहाँ ओम शब्दलाई नै हटाउने प्रयास भएको छ देशमा असंख्य अनगिनत मन्दिर मठ देवालय र गुम्बाहरु थिए अब च्याउ उम्रेझैं चारैतर्फ चर्चको स्थापना भई रहेको छ । यस्तो कार्यले गर्दा देशमा साम्प्रदायिक भिडन्त हुने अवस्था बन्न थालेको छ । पूर्व राजा शाहको विदेशमा भ्रमण हुन थालेपछि यसबाट राजनीतिक दलका नेताहरु आतंकित बन्दै लोकप्रिय राजसंस्थामाथि अभद्र टिप्पणी समेत गर्न थालेका छन् तर अब विस्तारै जनता धर्म, संस्कृति र सभ्यतालाई जोगाउन जागृत हुन थालेका छन् । अब वर्तमान व्यवस्थाको स्थिति डुबी रहेको जहाज जस्तो छ डुबी रहेको जहाज जोडले आवाज गर्न थाल्छ यस्तै नै अहिले हुन थालेको छ । पूर्व राजा शाह समर्थन जुटाउन छिमेकी देशहरुमा पुगी रहेका छन् नेपाली जनता हिन्दु राष्ट्र र हिन्दु राजालाई ल्याउन सडकमा ओर्लिन शुरु गरेका छन् यस्तै स्थिति रही रह्यो भने त्यो दिन टाढा छैन जब बिहान उठ्दा देश पुनः हिन्दु राष्ट्र बन्यो, जनतामा लोकप्रिय राजाको पुनः राज्याभिषेक भई रहेको सुखद समय फेरी देख्ने मौका मिल्ने छ ।
राजसंस्था पुनस्र्थापना फेरी हुन्छ त ?
Monday, January 06, 2025
0

Tags