नेपालगन्ज । ‘नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजित गरेको यस प्रादेशिक महोत्सव–२०८१ ले यस क्षेत्रको आर्थिक गतिविधिलाई गति दिनमा महत्वपूर्ण योगदान दिनेछ’, उक्त कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका छन् ।
बिहीवार दिन नेपालगन्ज उद्योग वाणिज्य संघले कारकाँदो सुर्खेतरोडस्थित मप सडक डिभिजन कार्यालयको प्रांगणमा लगाएको प्रादेशिक महोत्वस–२०८१ को उद्घाटन कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री दाहालले भने, १० दिन सम्म लाग्ने यस महोत्सवले यहाँको उद्योगी व्यवसायी हरुलाई आर्थिक क्रियाकलाप गर्न मनोबल बढाउँछ । आजभन्दा ६–७ वर्षअघि पनि यस्तै प्रकारको महोत्सवको आयोजन संघले गर्दा मलाई प्रमुख अतिथि बनाई हेलिकोप्टरबाट पुष्प वर्षा गराएको स्मरण छ । सो समय यहाँको १० बिघा जमिन ३० वर्षको लागि संघलाई लिजमा दिने नेपाल सरकारको मन्त्री परिषदबाट निर्णय गरिएको थियो । यो जमिन आर्थिक क्रियाकलाप गर्न र विकास, स्तरोन्नतिको लागि संघलाई उपलब्ध गराउने समेत निर्णय गरिए पनि पछि निर्णयलाई उल्टाइएको थियो जसबाट संघले आजसम्म यो जमिन पाउन सकेन । यो जमिन पुनः संघलाई दिलाउन प्रतिनिधिसभाबाट पहल गराउने छु सदनबाट म यो निर्णय पुनः कार्यान्वयन गराउने कार्य गर्नेछु ।’
बाल्ने क्रममा उनले भने, म भारत भ्रमणमा जाँदा नेपाल भारत सीमा सम्बन्धित नेपालगन्ज भैरहवा लगायतमा गरिएको सहमति त्यस्तै नेपाल भारत बाँग्लादेशबीच विद्युत व्यापार मुलुकको आर्थिक संकट हटाउने र समृद्धिको लागि पहल गरेको थिएँ । यस क्रममा मैले जलवायु परिवर्तन सम्बन्धी समस्यामाथि समेत अन्तर्राष्ट्रियमा माग उठाएको भन्दै उनले राष्ट्र संघ लगायतमा यस्तो समस्या उठाएको तर केही मागमाथि कार्य भएको केहीमा कार्य नभएको अवस्था छ यो सबै सम्झौता महत्वपूर्ण थियो । आफ्नो चीन भ्रमणको क्रममा मैले नेपाल–भारत र चीनबीचको ८ वटा नाका देशको आर्थिक समृद्धिको लागि खुलाएको थिएँ । यस माथि सबै जना मिलेर कार्य गरे यसबाट बढी भन्दा बढी फाइदा मिल्नेछ ।’
बोल्ने क्रमा उनले भने, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिलाउने त्यस समय पनि माग उठेको थियो यी दुवै जिल्लालाई कर्णाली प्रदेशसँग जोडिए यस क्षेत्रलाई धेरै नै फाइदा मिल्न सक्छ । १० वर्ष व्यतीत भई सक्यो अब समिक्षा हुनेछ तपाईको सबै मर्म र भावनालाई आत्मसात गरी यो समस्यालाई पनि उठान गरिने छ ।’
बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशसँग जोड्ने कार्यले नेपालगन्जलाई प्रादेशिक संरचना खडा गर्ने मौका दिनेछ विगतमा नेपालगन्जलाई प्रदेशको राजधानी बनाउने सम्मको माग उठेको थियो अब यी सबै मागहरुमाथि समिक्षा गरिने उनले बताए ।