भन्ने गरिन्छ जुन समाज आफ्नो पुर्खाले चलाएको संस्कृति बिर्सिन्छ त्यसको असमयमा पतन हुने गर्छ । अहिले यसै प्रकार वैदिक सनातन हिन्दु समाज आफ्नो पुर्खाले चलाएको स्थापित गरेको संस्कृति बिर्सिँदै गएकोले यो पतनतर्फ गई रहेको छ । जनु प्रकार आज हाम्रो देशको वैदिक सनातन आफ्नो परम्परा र संस्कृति बिर्सिँदै गएका छन् यसै प्रकार विगत ७० सालमा भारतको वैदिक सनातनीहरु आफ्नो प्राचीन परम्परा र संस्कृति बिर्सेका थिए जसको कारण त्यहाँ उनी पतनतर्फ लागे भारतमा गंगाजमुनी संस्कृतिको आडमा तत्कालीन शासनले विदेशी परम्परा र संस्कृति यसरी थुपारे कि ७० सालको शासनकालमा २२।२५ लाख हिन्दुहरुको नृशंस रुपमा हत्या गरियो । भारत पाकिस्तानको बटवारामा नै २२ लाख जति हिन्दु मारिए । त्यसपछि नोआखाली, खिलाफत आन्दोलन अन्तर्गत लाखौं लाख मानिस मारिएका थिए त्यसपछि उनीको मन्दिरमा सरकारी कर लगाइयो । तत्कालीन शासनमा थुप्रै साम्प्रदायिक दंगा भयो जसमा अनगिनतहरु मारिए ती मारिएका हिन्दुको घाउमा मलम लगाउने कार्य गरिएन । चारैतर्फको शोषण, अत्याचार पछि बल्ल त्यहाँ जागृति आएको छ । जागृति आएकोले अहिले त्यहाँ उनी शिर उभ्याएर जिउने मौका पाएका छन् । यता अहिले हाम्रो देशका वैदिक सनातनीहरु मस्त निद्रामा सुतेका छन् जसको कारण उनी उत्पीडनमा पर्दै आएका छन् । यस्तै स्थिति अझै केहि दिन कायम रही रहने हो भने यहाँ क्रिश्चियनिटी हावी हुनेछ जसबाट वैदिक सनातनी हिन्दुलाई यहाँबाट बाध्य भएर भाग्नुपर्ने अवस्था बन्दै गई रहेको छ । यसको दोषी विदेश शक्ति होइन बरु दोषी हामी सबै नै हौं । देशमा बडा दशैं, दीपावली, फागू पूर्णिमा होली, चैतराम नवमी जस्ता पर्व हर्षाेल्लासूर्वक मनाइने गरिन्थ्यो तर अब यस्ता पर्व नाम मात्रको मनाइन्छ । विगतमा होली पर्व अझ धूमधामका साथ मनाइने गरिन्थ्यो तर अब यसमा छाडापन, फोहोरीपन आएको छ । होली पर्वमा सबै मिलेर होली खेल्थे अनि एक अर्कासँग अंकमाल गरी शुभकामना साटासाट गर्थे तर वर्तमानको होली अर्कै प्रकारले मनाउन शुरु भएको छ । अहिले एक अर्काको लुगा च्याती गाली गलौज र अश्लीलता बिनाको पर्व मनाइने गरिएको छैन । यस वर्ष पुनः हामी सबै होली पर्व मनाउने अवसर पायौं तर यस होली पर्वमा त्रिवेणी मोड, रानीतलाउ लगायतमा जुन प्रकारले अश्लीलता प्रकट गर्दै होली खेल्नेहरुले एक अर्काको लुगा च्याती अश्लीलता प्रकट गरे यस प्रकार होलीमा विकृति विसंगति व्याप्त भएको अनुभूति भई रहेको छ । दशकौं अघि नेपालगञ्ज उमनपाभित्र साम्प्रदायिक सौहार्य स्थापित गर्ने खालको होली खेलिन्थ्यो यसमा सबै धर्म समुदायका व्यक्तिहरुको उल्लेख्य रुपमा सहभागिता हुने गथ्र्याे होली पर्वको अवसरमा गधा दौड, कवि सम्मेलन, होली मिलन कार्यक्रम थियो यसमा विशेषकर महामूर्ख सम्मेलनको आयोजना हुने गथ्र्याे जसलाई सबैले नै रुचाउँथे अहिले यस्तो कार्यक्रमको अन्त भएको छ नेपालगञ्जमा आयोजन हुने गरेको महामूर्ख सम्मेलन यहाँको देखादेखी विराटनगर, वीरगंज, जनकपुर जस्तो स्थानमा आयोजन हुने गरेको छ तर २०७८ सालदेखि यहाँ यसको आयोजन हुन सकेको छैन । २०७९ र अहिले २०८० मा महामूर्ख सम्मेलनको आयोजन गरिएन । दशकौंसम्म यो महामूर्ख सम्मेलनको आयोजन प्रख्यात समाजसेवी, कसौंधन शिरोमणि स्व. मोहनलाल वैश्य र प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको नेतृत्वमा आयोजन हुने गथ्र्याे २०७७ सालमा महामूर्ख सम्मेलनको अध्क्षता नन्दलाल वैश्यले गरे । २०७८ मा यसको अध्यक्षता दिवाकर शर्माले गरे सो पछि हरेक वर्ष यो कार्यक्रमको आयोजन गर्ने जिम्मेवारी नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यलाई जिम्मेवारी दिइयो अहिले उनी न त आफूले पाएको जिम्मेवारीको प्रमाणपत्र सम्बन्धित व्यक्तिलाई फिर्ता दिइएका छन् न त कार्यक्रम आयोजन गर्ने चासो नै देखाएका छन् । यसै प्रकारले श्रीकृष्ण जन्माष्टी पर्वमा लाग्ने झाँकीको आयोजन विगतमा स्व. मोहनलाल वैश्य ८ दिनसम्म प्रदर्शित गराउने गर्थे तर उहाँको स्वर्गारोहण भएपछि यस कार्यक्रमको आयोजन गर्ने जिम्मेवारी लिइएका व्यक्ति नन्दलाल वैश्य कार्यक्रम समयलाई छोट्याउँदै २ दिनको गरेका छन् । यस्तो कार्य उनीले दिखावटी रुपमा गर्ने गरेको बुझिन्छ । यो कुरा सत्य हो कि समय अनुसार यस्ता प्राचीन परम्परा नष्ट नहोस् यसको लागि नयाँ पुस्तालाई कार्यक्रम गर्न हस्तान्तरण गर्दै जानु पर्छ अनिमात्र परम्परा र संस्कृतिको संरक्षण संवद्र्धन हुन्छ तर अहिले विडम्बना यो छ कि न त हग्ने न त बाटो नै छाड्ने यस्तो गलत संस्कारले गर्दा हाम्रो प्राचीन पम्परा र संस्कृति नष्ट हुँदै गएको छ । यस कारण आफ्नो बानी व्यवहार चलनमा सुधार ल्याउँदै परम्परा र संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तालाई यस्ता कार्यक्रमको आयोजन गर्ने जिम्मेवारी दिँदै जानुपर्छ अन्यथा यस्तै स्थिति रही रह्यो भने हाम्रो पतन एक दिन निश्चित छ । भर्खर सम्पन्न भएको लुगा च्यात्ने होलीले गलत प्रकारको सन्देश दिइएको छ । आगामी वर्षदेखि यस्तो गलत कार्यमाथि रोक लाग्नुपर्ने जरुरी रहेको देखिन्छ ।
आफ्नो पुरानो संस्कृति बिर्सिँदै गएको वैदिक सनातन हिन्दु समाज।
Monday, April 01, 2024
0

Tags