आज काठमाडौंसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै
Sunday, March 24, 2024
0
काठमाडौं : आज फागु पूर्णिमा अर्थात रंङ्हरुको पर्व होली काठमाडौंसहित पहाडी जिल्लाहरुमा मनाइँदै छ । तराईका जिल्लाहरुमा भने भोलि (सोमबार) होली पर्व मनाइन्छ । सोहीअनुसार सरकारले पनि पहाडी र तराईका जिल्लाहरुमा फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाउने गरिन्छ । होलीको अवसरमा राजधानीलगायत मुख्य शहरहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । तराईका जिल्लाहरुमा भने भोलि होली पर्व मनाइन्छ ।
Tags