देशको शासन सत्ता चलाउन नयाँ बोत्तलमा पुरानो रक्शी खन्याउने कार्य एक पटक पुनः भएको छ । देशमा अहिले पालै पालो खाऊँ भन्ने प्रकारको परिपाटी छ त्यसै परिपाटी अन्तर्गत अहिले नयाँ सरकारको गठन भएको छ । थोरै हेरफेर र केही पार्टीलाई सम्मिलित गरी अपवित्र गठबन्धनको नयाँ सरकार गठन गरिएको हो । प्रधानमन्त्री त्यही पुष्पकमल दाहाल प्रचण्ड (माओवादी केन्द्र) का छन् भने धेरै इमान्दार मानिएका रास्वपाका रवि लामिछानेलाई गृह मन्त्रालय, त्यस्तै माओवादीका नाराकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालय, नेकपा एमालेका रघुवीर महासेठलाई भौतिक पूर्वाधार मन्त्रालय, माओवादीका वर्षमान पुनलाई अर्थ मन्त्रालय, रास्वपाका सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय, रास्वपाका विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकूद मन्त्रालय, रास्वपाका डोलप्रसाद अर्याल डिपीलाई श्रम मन्त्रालय, एमालेका पदम गिरीलाई स्वास्थ्य मन्त्रालय लगायत विभिन्न दलका नेताहरुलाई विभिन्न मन्त्रालय दिइएको छ । जसमा माओवादीका हितबहादुर तामांग, एमालेका दामोदार भण्डारी, एमालेका भगवती चौधरी, एमालेका राजेन्द्र चौधरी, एमालेका ज्वाला कुमारी साह र एमालेका बलराम अधिकारीलाई विभिन्न मन्त्रालय दिइएको छ जसपाका उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त गरिएको छ । नियुक्त वर्तमान मन्त्रिपरिषद्मा हालसम्म चार जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । त्यसमध्ये उपेन्द्र यादव चौथो वरीयतामा उपप्रधानमन्त्री पनि बनेका छन् प्रधानमन्त्री प्रचण्डपछिका उपप्रधानमन्त्रीको वरीयताको सबैभन्दा माथि रघुवीर महासेठ छन् । उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् । त्यस्तै, महासेठपछिको वरीयतामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् । उनीपछिको वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रवि लामिछाने छन् । उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । लामिछानेपछिको वरीयतामा यादव छन् । यादवले विभिन्न पटक गरि चौथोपटक मन्त्री भएका हुन् । उनी तेस्रोपटक उपप्रधानमन्त्री भएका हुन् । यसरी हेर्ने हो भने नयाँ सरकार समावेशी ढंगको तयार भएको छ । नयाँ सरकार गठन गर्दा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा आधा बाँड्ने समेत सहमति भएको छ । यस अघिको निर्वाचनबाट सबै भन्दा पहिले नेकपा एमालेका केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो सो समय प्रधानमन्त्री केपी शर्मा ओली बनेका थिए ओलीले प्रधानमन्त्री पद परित्याग गरेपछि नेपाली काँग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए । उनीपछि गत वर्ष पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए त्यती बेला ओली र प्रचण्डको बीचमा साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो । यसबीच २ महिनामा नै प्रचण्डले गठबन्धन भत्काएर नेपाली काँग्रेसको साथ लिएपछि एमालेले सरकार छाडेको थियो । एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरी प्रचण्डसँगको पुरानो गठबन्धन ब्युँताएर सरकारमा जाने निर्णय एमालेले ग¥यो जस पछि अहिले नयाँ सरकार गठन भएको हो । सत्ता गठनबन्धनले मन्त्रालय भाग बन्डामा सहमतिहरु गरेको छ जस अनुसार मन्त्रालय बाँडफाँड गर्ने टुंगो लगाइएको छ । नयाँ सरकार बनाउँदा जनतालाई कुनै प्रकारको आश्चर्य भने लागेन जसको कारण सरकारमा फेरबदल वर्षपिच्छे भई नै रहन्छ । यहाँ कुनै प्रकारको स्पष्ट नीति छैन विपक्षमा बस्दा सरकारलाई महाभ्रष्टाचारी ठह¥याई आलोचना गर्ने आफू र आफ्नो पार्टी इमादार रहेको दावी गर्ने तर मौका पाउँदै त्यही महाभ्रष्टाचारीसँग मायाप्रिति राखी गठबन्धन सरकारमा सहभागी हुने परम्परा आजको होइन बरु २०६२।०६३ देखि नै निरन्तर रुपमा चल्दै आएको छ । यस्तो गलत परिपाटीको अंत कहिं देखिँदैन । किनकी विभिन्न राजनीतिक दल दलको आफ्नो धारणा विचार नै मरी सकेको छ । रास्वपाका रवि लामिछानेलाई धेरै इमान्दार छविको भनिएको थियो तर यस नयाँ सरकारमा उनी सहभागी भएपछि साह्रै नै भोकाएका महसुस नेपाली जनताले गरी रहेका छन् । जब यस्तै प्रकारको गठबन्धनले नेकपा एमालेका केपी ओलीलाई प्रधानमन्त्री बनायो सो पछि काँग्रेस सहितको गठबन्धनको सरकार बन्यो । गत वर्ष पुस १० गते प्रचण्ड र एमालेको समर्थनमा सरकार बन्यो सो सरकारले देशलाई नयाँ दिशा र प्रगति विकासतर्फ बढाउँदै भ्रष्टाचार, अनाचारको अंत गर्न सकेन भने रवि लामिछाने सम्मिलित हुँदै यो सरकार कसरी देशलाई राम्रो दिशा दिन सक्छ यो सबैले सोचनीय विषय बनेको छ । रवि लामिछानेले गृह मन्त्रालय पद पाउने बित्तिकै नै देशबाट सबै प्रकारको सुरक्षा हुने कल्पना मात्र गर्न सकिन्छ निश्चिन्तताको साथ भन्न सकिँदैन । यस्तो कार्य गरी रवि लामिछानेले पनि पालै पालो खाउँला सबै नै रमाउँला भन्ने प्रकारको उक्तिलाई निरन्तरता दिइएका हुन् । अब जसपालाई यसमा के भन्नु यो पार्टीको कथनी र करनी दुवै नै फरक छ यो कुरा विशेषकर मधेशी जनता देख्दै आएका छन् । मधेशीको नारा दिएर उपेन्द्र यादव सत्ताको शिखरसम्म पुगे तर नीजि स्वार्थको कारण मधेशी जनतासँग गरेको वाचा अनुसार कहिले पनि उनीले कार्य गरेनन् जसको कारण आज पनि मधेशी जनता उपेक्षित र शोषित छन् । अहिले ४ ब्राण्डको पुरानो रक्सी एक पटक पुनः नयाँ बोत्तलमा खन्याइएको छ । यस सरकारको अनुहार उही पुरानो जस्तै नै छ विगतमा ओली प्रधानमन्त्री भए सो पछि देउवा सो पछि प्रचण्ड अहिले पुनः प्रचण्ड प्रधानमन्त्री पदमा बसेका छन् । नयाँ मात्र यसमा रास्जपा र जसपालाई सम्मिलित गरिएको छ । यो सरकारले पनि पुरानै तवर तरिकाले नै काम गर्नेछ । हात्ती आयो हात्ती आयो फुस्सा जस्तो उक्तिको चरितार्थ फेरी पनि हुनेछ । तर केही पनि हुनेवाला छैन पुरानो बिग्रेको अनुहारमाथि क्रिम दली सिंगारिने काम हुनेछ । जसरी जनता पहिले धोका पाएका थिए त्यस्तै धोका फेरी पनि पाउनेछन् यो सरकार जनताको चाहना इच्छा अनुसार राम्रो कार्य गरि देखाउन सकोस् यही हाम्रो शुभकामना छ ।
नयाँ बोत्तलमा पुनः पुरानो रक्सी।
Monday, March 18, 2024
0

Tags