बाँके जिल्लामा एउटा सरकारी अस्पताल र कैयन नर्सिंग होमहरु सञ्चालित छन् जसमा नेपालञ्ज मेडिकल कलेज नगरमा एउटा कोहलपुर अस्पताल त्यस्तै चिसापानीमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी मेडिकल कलेज रहेको छ तर विडम्बनाको कुरा छ यहाँ पर्याप्त स्वास्थ्य सेवाको सुविधा मुहैया छैन । जसको कारण बाध्यतावश राम्रो स्वास्थ्य सुविधा पाउन यहाँका व्यक्ति विभिन्न उपचार गराउन अधिकांश लखनऊ, बहराईच, बरेली लगायत स्थानमा उपचार गराउन जाने गरेका छन् ।
केहीहरु राम्रो उपचार गराउन राजधानी पुग्ने गर्छन् । यहाँ यति स्वास्थ्य संस्था सञ्चालित रहेपनि राम्रो स्वास्थ्य सुविधा छैन सरकारले सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमाको व्यवस्था गरेको थियो तर अहिले बीमाको सो सुविधापनि फेल खान थालेको छ । विभिन्न परिवारले स्वास्थ्य बीमा गराउँदा ३ हजार पाँच सयको बीमा गराउँदा परिवारको ५ जनाको स्वास्थ्य बीमा हुने गथ्र्याे यस्तो बीमा गराउँदा स्वास्थ्य जाँचपछि निःशुल्क रुपमा औषधि बेरामीहरुलाई उपलब्ध गराउने गरिन्थ्यो तर अब औषधि निःशुल्क रुपमा उपलब्ध हुँदैन बरु १० प्रतिशत रकम तिर्नुपर्ने बाध्यता छ । यस प्रकार सरकारको स्वास्थ्य सुविधा फितलो हुन शुरु भएको छ । यो स्वास्थ्य सुविधा भेरी अस्पतालबाट उपलब्ध छ । बीमा गराउनेहरुको संख्या ह्वात्तै बढ्न थालेपछि डा.हरुको संख्या अपुग बनेको छ डा.हरुको कमीको कारण अधिकांशहरुलाई छिटो छिटो जाँच गरी कमसल खाले औषधि लेखी रहेकोले राम्रो उपचार पाउन अहिले गाह्रो भएको छ जबकि यो स्वास्थ्य सेवा मात्र भेरी अस्पतालबाट होइन सबै नर्सिंगहोम, ब्रिनोज कान अस्पताल र आँखा अस्पताल लगायतमा निःशुल्क उपचारको सुविधा मिल्नुपथ्र्याे बीमा गराउनेहरु पछि अब अधिकांशहरु स्वास्थ्य बीमा नगराउने मन्साय बनाउन थालेका छन् । भेरी अस्पतालमा अहिले मुटु लगायतको राम्रो व्यवस्था छ तर पनि अधिकांशहरु यहाँ उपचार नगराई उपचार गराउन भारतको विभिन्न स्थान र सम्पन्नहरु राजधानीमा पुगी उपचार गराउन चाहन्छन् । नेपालगञ्जमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भर्खरै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले भारतस्थित लखनऊको अपोलो मेडिक्स अस्पतालमा पाइने स्वास्थ्य सुविधा अब नेपालगञ्ज केडिकल कलेज शिक्षण अस्पतालबाट उपलब्ध हुने कुरामा सहकार्य गरेको छ जसको कारण बिरामीहरुले यहीं निःशुल्क सुपर स्पेशियालिटी परामर्श उपचारको सेवा नेपालगञ्जमै उत्कृष्ट विश्वस्तरको पाउने भएका छन् । अब बिरामीहरुलाई सुपर स्पेशियालिटी सेवाहरु क्यान्सर रोग, आईभिएफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लाष्टिक सर्जरी सेवा, क्यान्सर सर्जरीको सेवा प्रदान गरिने छ । सहकार्य अनुसार नेपालगञ्ज मेडिकल कलेज कर्मचारी र डाक्टरहरुले अपोलो अस्पतालद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रमहरु पर्यवेक्षक, फेलोशिप र अन्य प्रशिक्षणहरुमा प्राथमिकता र छुट पाउने छन् । यस्तै पहिलो फलोअप निःशुल्क हुनेछ दोस्रो फलोअपबाट बिरामीले ओपिडी चार्जमा २० प्रतिशत छुट पाउनेछन् । बिरामीले अपोलो अस्पताल लखनऊमा हुने ओपिडी पर्चामा ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत छुट पाउने छन् । बिरामी भर्ना हुनु परेमा अपोलो अस्पताल लखनऊमा हुने ल्याब र रेडियोलोजी परीक्षण आईपिडी बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुटको सुविधा पाउने छन् । यस्तो सुविधा प्राप्त भए निश्चित पनि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको लोकप्रियता र विश्वसनीयता अझ बढ्ने सम्भावना रहेको छ । सरकारबाट उपलब्ध स्वास्थ्य सेवा पाउने बीमा योजना अहिले सबैको लागि बेमानी साबित हुन थालेको छ स्वास्थ्य बीमा गराउँदा स्वास्थ्य परीक्षण र औषधि निःशुल्क रुपमा उपलब्ध हुने भनिएको थियो तर अहिले भारी संख्यामा व्यक्तिहरुले स्वास्थ्य बीमा गराउँदा अहिले १० प्रतिशत औषधिको रकम तिर्न किन बाध्य पारिएको छ ? यो सोचनीय विषय बनेको छ । स्वास्थ्यमा बढी सुविधा सरकारले उपलब्ध गराउनु पथ्र्याे तर अहिले स्वास्थ्य बीमालाई कमाउने भाडो बनाइएको छ ३ हजार पाँचको स्वास्थ्य बीमा गराए ५ जना परिवार सदस्यको स्वास्थ्य बीमा कार्ड बनाइएको थियो यसमा १ लाख रकमको स्वास्थ्य सेवा पाउने भनिएको थियो तर अहिले सुविधा घट्न थालेपछि व्यक्तिहरु भारतबाट नै राम्रो उपचार पाउने मन्साय बनाई रहेको समय नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको भारत लखनऊको अपोलो मेडिमिक्स अस्पतालसँग सहकार्य सबैको लागि वरदान हुने भएको छ । नेपालगञ्जमा नै भारतको अपोलो मेडिक्सबाट छुटमा स्वास्थ्य सुविधा प्राप्त हुने समाचारले यहाँ सबैमा हर्ष छाएको छ यस कारण अब सरकारले स्वास्थ्य सेवामा सुधार ल्याउन भेरी अस्पताललाई अझ प्रभावी स्वास्थ्यमुखी बनाउने कुरा पहलकदमी गर्नुपर्ने आवश्यक भएको छ ।