मध्यपूर्वमा एक राष्ट्र जसको एक शहरको नाम बगदाद थियो । यस बगदाद शहरमा अलीबाबा र ४० चोरको कथा सम्पूर्ण विश्वमा धेरै नै चर्चित रह्यो । अलीबाबा नामका व्यक्ति धेरै नै गरीब तर इमान्दार व्यक्ति थिए । उनीको दाजु कासिमले अलीबाबाको सम्पूर्ण सम्पत्ति हडपेर निकै नै धनी भए र सम्पत्ति खोसिएपछि अलीबाबा गरीब र निर्धन बने । दैनिक जीविकोपार्जनका लागि उनी आफ्नो गधामा बसेर जंगलमा काठ बटुलेर शहरमा ल्याई बिक्री गर्थे । यसरी उनी कुनै प्रकार आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । एक दिन उनी जंगलमा पुग्दा डाँकाहरुको समूह देखे । ती डाँकाको सरदार एउटा ठूलो गुफाको अगाडि उभेर जोडले कराउथ्यो ‘सिम सिम ढोका खुली जा ।’ अनि त्यो गुफाको ढोका आपसे आप खुली हाल्थ्यो । अनि डाँका समूह त्यस गुफामा पुगेर लुटेर ल्याको धन सम्पत्ति त्यहाँ सुरक्षित पारी बाहिर आउँथ्यो । फेरी त्यो डाँकाको सरदार जोडले कराउँथ्यो ‘सिम सिम ढोका बन्द भई जा ।’ अनि गुपाmको ढोका बन्द भई हाल्थ्यो । जब डाँकोको सरदार आफ्नो समूह लिएर कहिं गएको थियो त्यसपछि अलीबाबा त्यो गुफाको अगाडि पुगी डाँकाको सरदारले जसरी भन्थ्यो सिम सिम ढोका खुली जा त्यस्तै उनीले भनेपछि गुफाको ढोका खुली हाल्यो अनि अलीबाबा सो गुफामा प्रवेश गरेर त्यहाँ उनी ठूलो परिमाणमा हिरा जवाहरात देख्छन् । यसमा उनी धेरै धन सम्पत्ति बोरामा भरेर गधामा बोकी घर पुग्छन् । सो सुन, चाँदी, हिरा, जवाहरात कत्तिको तौलमा छ यो जान्नको लागि आफ्नो श्रीमतिलाई दाजु कासिमकहाँ ढक तराजु लिन पठाउँछन् ।
जब उनीको श्रीमति कासिमसँग ढक तराजु केही बेरको लागि माग्छिन् अनि कासिम सोच्छन् यो भिखमंगे अलीबाबाको यहाँ त्यति राशन पनि छैन रोजिन्दा खानेकुराहरु कहिँबाट ल्याउँछ त्यही खाएर बस्छ आज यसको पास धेरै खाद्यान्न कहाँबाट आयो ? जसको लागि मेरो यहाँ त्यसले ढक तराजु लिन पठाएको छ । वास्तविक कुरा के हो बुझ्न त्यसले तराजुको तल थोरै मोम टाँसी दिन्छ र ढक तराजु केही बेरको लागि दिन्छ । ढक तराजु आएपछि अलीबाबा सुन लगायत धातु जोख्छन् अनि ढक तराजु दाजु कासिमको यहाँ फिर्ता दिन पठाउँछन् । ढक तराजु फिर्ता आएपछि कासिम तराजुको तल देख्छन् अनि पाउँछन् मोमको साथ एक टुक्रा सुन टाँसिएको छ । अनि उनी अलीबाबाको यहाँ पुगेर सुन लगायत कहाँबाट पाएको रहस्य फकाएर सोध्छन् । सो गुफाको जानकारी उनीले पाउँदै अर्काे दिन बिहानै आफ्नो खच्चर लिएर सोही गुफाको अगाडि पुगी जोड जोडले कराउँछन् सिम सिम ढोका खुली जा । अनि गुफाको ढोका खुल्दा उनी सो गुफामा पस्छन् अपार धन सम्पत्ति देखेर उनी बहुलाह जस्तै हुन्छन् हतारमा कैयन बोरामा सुन, चाँदी, हिरा, जवाहरात भर्छन् तर ढोका बाहिर निस्कँदा कुन शब्द बोल्नुपर्छ बिर्सी हाले । एकै छिनमा डाँकाको समूह गुफामा प्रवेश गर्छ । त्यहाँ कासिमलाई फेला पार्दै ज्यानले मारी दिन्छ र उनीको शव सोही खच्चरमा राखेर छाडी दिन्छ । खच्चर कासिमको शव लिएर घर पुग्छ उनीको अन्तिम संस्कारमा धेरै झन्झट थियो किनकी कासिमको शव ४ टुक्रामा थियो । त्यो शव जोड्नु पर्ने थियो । सो शहरमा एउटा जुत्ता सिउने सार्की थियो । अलीबाबा आफ्नो नोकरनी मरजीनालाई ती सार्कीलाई लिन पठाउँछन् आँखामा पट्टी बाँधेर सार्कीलाई घरमा ल्याई कासिमको शव सिलेर जोड्ने काम हुन्छ अनि कासिमको अन्तिम संस्कार गरिन्छ । डाँकाको सरदारलाई यो चिन्ता थियो कि यो गुफाको रहस्य अरु कसलाई थाह छ ? यो बुझ्न त्यो व्यापारीको भेष बदलेर बगदाद शहरमा डुल्छ । जहाँ अलीबाबाको घर थियो जान्नको लागि क्रसको चिन्ह लगाई दियो । यसबीच मरजीनालाई क्रसको चिन्ह देखा पर्छ अनि उनीले पुरै टोलमा त्यस्तै प्रकारको चिन्ह लगाई दिइन् । मरजीना धेरै नै चलाख सुन्दर युवती थिइन् यस कारण अलीबाबाको धेरै समस्या चलाखीले उनी समाधान गरी दिने गर्थिन् । केही दिनपछि डाँकाका सरदार ड्रममा ४० वटा चोर लुकाएर पठाउँछ अलीबाबालाई उनीले आफू तेलको व्यापारी भएको आफ्नो परिचय दिन्छन् । जब राती अलीबाबाका सबै पाहुना सुती हाल्छन् । मरजीना एउटा ड्रमको तेल आगोमा राखी भकभकी उमाल्छिन् । उनी त्यो तातो तेल ४० वटा ड्रममा हाल्दै सबै ४० जना चोरलाई मारी दिन्छिन् । राती अलीबाबाको घर लुट्न डाँकाको सरदार आफ्नो ४० वटा चोरलाई बाहिर निस्कन भन्छन् कोही चोर बोल्दैनन् किनकी सबै चोर मरी सकेका हुन्छन् अति आत्तिएर चोरको सरदार अलीबाबाको घर छाडेर भाग्छ पछि एक समय मरजीनाको हातबाट त्यो डाँकाको सरदार पनि मर्छ । यो कथा अहिले आफ्नो देशको वर्तमान परिप्रेक्ष्यमा सत्य साबित भई रहेको छ अहिले देशलाई तमाम नेताहरु लुटी बर्बाद पारी सकेका छन् । बगदादमा त ४० वटा चोर थिए अहिले हाम्रो देशमा ४० हजार जति चोरहरु छन् उनीलाई जनप्रतिनिधि भनिन्छ देशमा गणतन्त्रको स्थापना भएपछि केन्द्र, प्रदेश, स्थानीय सरकारको स्थापना भयो । यसरी वडा सदस्यदेखि राष्ट्रपति, भूपू राष्ट्रपतिसम्म करीब ४० हजार भन्दा बढी छन् । एक किसिमले राजा जस्तै नै छन् यिनीहरु । पहिले देशमा एक राजा थिए अहिले ४० हजार बढी जनप्रतिनिधिको रुपमा राजाहरु छन् । यिनी जनप्रतिनिधिहरुको निश्चित तलब भत्ता र अन्य सेवा सुविधाहरु छन् । घरमा खानपिन नगरेर ठूला होटेलहरुमा मोजमस्ती गर्छन् । मुखबाट खाने तेल देखि यिनीको वाहनहरुमा तेल आदि भराउने खर्च राज्यले बेहोर्छ । यस्तो मनोमानीपूर्ण खर्चले गर्दा देशको आर्थिक अवस्था बिग्रेको हो । हाम्रो देश अहिले श्रीलंका भन्दा गए गुज्रेको स्थितिमा पुगेको छ । यस्तो खराब स्थितिमा देशलाई यी ४० हजार चोरहरुले पु¥याएका हुन् यस कारण अब देशको व्यवस्था र अवस्था सुधार्न बगदादकी ती युवती मरजीना जस्तोको आवश्यकता छ । त्यहाँ बगदादमा त अलीबाबा इमान्दार र कासिम जस्तो बेमान थिए तर हाम्रो देशमा सबै कासिम जस्ता बेमान नेताहरु छन् । अलीबाबा जस्तो इमान्दार व्यक्ति अहिले देखा परेको छैन । अहिले ४० वटा चोरबाट सम्पूर्ण देश त्राहिमाम बनेको महसुस सर्वत्र नै भई रहेको छ । अब परिवर्तनको सुरसारसँगै केही व्यक्ति अलीबाबाको जस्तै देखा पर्न थालेका छन् । भन्ने गरिन्छ, रातपछि फेरी दिन हुन्छ । खराब समयपछि फेरी राम्रो दिन अवश्य नै आउँछ । अहिलेसम्म देशमा कालरात्रि चली रहेकोले सम्पूर्ण देश अन्धकारमा छ । यो अन्धकार हटाउन केही सफा स्वच्छ छविका व्यक्ति अवश्य नै आउनेछन् । सबै व्यक्ति आफू आफूलाई इमान्दार सफा स्वच्छ भएको दावी गर्छन् तर सबै त्यस्ता हुँदैनन् बाहिरबाट जे देखिए भित्रबाट अर्कै देखा पर्छ । नेपाली जनता रवि लामिछानेलाई देशभक्त, इमान्दार ठान्छन् भित्रबाट के हुन् उनी पछि देखा पर्ला । त्यस्तै अहिले दुर्गा प्रसाई, ज्ञानेन्द्र शाही, राजेन्द्र लिंगदेनहरु पनि देखा परी रहेका छन् यिनीको बीचमा कमल थापा पनि देखा परी रहेका छन् । ४० चोरलाई यिनी मध्ये कुन व्यक्तिले ठेगान लगाउन सक्छ यो देख्न बाँकी छ । देश अहिले दिनानुदिन दुर्दिन अवस्थातर्फ गई रहेको छ । देशको बहुमूल्य युवा शक्ति बेरोजगार भई रोजगार खोज्दै विदेश पलायन गरी रहेका छन् धनी वर्गका अधिकाँंश युवा युरोपियन देशमा रोजगार गरी रहेका छन् । निर्धन वर्गका युवा रोजगारीको लागि खाडी देशतर्फ जाने गरेका छन् । यस्तो समयमा नेता चाहिँ स्वच्छन्द र निर्धक्क भई देश लुछाचुडी गरी रमाई रहेका छन् । यो देश वैदिक सनातन धर्मावलम्बीहरुको हो तर युरोपियन क्रिश्चियन राष्ट्रको ईशारामा यस देशको प्राचीन धर्म, संस्कृति, सभ्यतालाई नष्ट भ्रष्ट पारिँदैछ यसकारण देशलाई जोगाउन व्यवस्थाको परिवर्तन हुनु आवश्यक भएको छ । व्यवस्था परिवर्तन नभएसम्म देशको अवस्था परिवर्तन हुन अप्ठ्यारो छ यस कारण देशलाई बचाउने जिम्मेवारी देशको वास्तविक भूमि पुत्रलाई अगाडि आउनु जरुरी छ । देशको ८२ प्रतिशत वैदिक सनातनी धर्मावलम्बी मात्र देशको वास्तविक भूमि पुत्र हुन् यो कुरा अहिले सबैले नै बुझ्नुपर्ने जरुरी भएको छ ।
अब देशको व्यवस्था परिवर्तन गरी देशको अवस्था सुधार्न राष्ट्रवादी वैदिक सनातनी धर्मावलम्बीहरु अघि बढ्नु जरुरी छ किनकी अन्य धर्म मान्नेहरुको दर्जनौं देशहरु छन् कुनै धर्मको ५७ वटा राष्ट्र छन् केही धर्मको ६८ वटा देश छ । वैदिक सनातनीको लागि कुनै पनि राष्ट्र छैन । नेपाल प्राचीनकालदेखि हिन्दु राष्ट्र थियो यो हिन्दु राष्ट्रको संरचना भत्काई देशलाई निरपेक्ष बनाइएको छ । यो देश वास्तविक रुपको हिन्दु राष्ट्र हो यहाँबाट पनि वैदिक सनातन धर्मावलम्बी धपाइए कुन देशमा शरण लिइने हुन् यो कुराको चिन्तन मनन हामी सबै आफैले नै गरौं यस कारण अब वैदिक सनातनको अस्तित्व बचाउन निर्णायक लडाई लड्नुपर्ने जरुरी छ यो संघर्ष यति भिषण हुनुपर्छ जसलाई ४० चोर र त्यसको सरदार सधैं नै याद राखुन् ।