छिमेकी देश भारत र नेपालबीच विभिन्न समयमा सीमा विवादबारे तिक्तता आउने गर्छ तर दुवै देशका बीच पत्रकारहरु भने यो सबै विवादलाई ध्यान नदिई मिलेर कार्य गर्दै आएका छन् । नेपाली चेली भारतमा लुटिँदा भारतीय पत्रकार सधैं नेपालीको पक्षमा बोल्दै आएका छन् । दशकौं अघि निरंकुशताको अन्त गर्न जब नेपाली पत्रकार आन्दोलित भए त्यस समय उनीको मुख बन्द गर्न तमाम दमनहरु भए यस समयमा सीमाक्षेत्रका भारतीय पत्रकारहरुले नेपाली पत्रकारलाई रुपैडिहामा पुगी आन्दोलन गर्न सघाएको कहिलै पनि बिर्सन सकिँदैन । यसरी देश देशबीच सधैं तिक्तता रहेपनि नेपाल भारतका पकारको सम्बन्ध सुमधुर रहेको छ । गत वर्ष बाँके जिल्लामा कार्य गरी रहेको मधेश मिडिया मिसन नेपालले भारतीय पत्रकारहरुलाई यहाँ पाहुना बाएर कदर सम्मान गरेको थिये । भर्खरै भारत बहराइज जिल्लामा कार्य गरी रहेको अल इन्टेलेक्चुवल प्रोफेसनल जर्नलिष्ट एसोसिएशन (आइपजा)ले नेपाली पत्रकारहरुलाई आफ्नो यहाँ पाहुना बनाएर कदर सम्मान गरेको छ ।
भारतको कानपुर शहरका पत्रकारहरुको एक संस्थाले गत वर्षदेखि बाँके जिल्लाका पकारलाई आफ्नो यहाँ कदर सम्मान गर्न भनि रहेको छ तर कार्य व्यवस्तताको कारण नेपाली पत्रकार कानपुर पुग्न सकेका छैनन् आगामी समय कानपुरमा आयोजित हुने पत्रकारहरुको सम्मेलनमा नेपाली पत्रकार टोली त्यहाँ पुग्ने तयारी रहेको छ । यस प्रकारले बुझ्न सकन्छ कि भारत र नेपालका पत्रकारबीच कतिको सुमधुर सम्बन्ध छ । भारत र नेपाल सीमामा तमाम समस्याहरु विगतदेखि विद्यमान छ । यो समस्या हो नेपाली चेलीबेटीको भारततर्फ लगी बेचबिखन त्यस्तै लागु पदार्थ ओसार पसार, भारतबाट काम गरी रहेका नेपाली त्यहाँ लुटिनु, नेपाली नागरिकहरुसँग दुव्र्यवहार र ज्यादतीपूर्ण घटनाहरु यस समस्याको अन्त हुनुपर्ने कुरामा दुवै देशका पत्रकार एकमत रहेको देखिन्छन् । यसको लागि विभिन्न प्रकारको छलफल दुवै देशको पत्रकारहरुबीच निरन्तर रुपमा भई रहेको छ । पत्रकारिता जगत यस्तो पेशा हो जसले तमाम प्रकारको समस्या र विकृति विसंगतिहरुको अन्त गर्न सक्छ । यस कारण अब दुवै देशका पत्रकार अझ एक अर्काको नजीक आउनुपर्ने जरुरी भई सकेको छ । वर्तमान समय राजनीतिक कारणले अखण्ड भारत र ग्रेटर नेपालको नक्सा आ–आफ्नो देशमा लगाई विवाद चर्काइएको छ । यसबाट दुवै देशबीच मतभिन्नता पैदा भएको छ । भारतले आफ्नो नयाँ बनेको संसद भवनमा अखण्ड भारतका सांस्कृतिक नक्सा लगाएको छ जसमा नेपाल, पाकिस्तान, बाँग्लादेश, अफगानिस्तान, बर्मा, भुटान लगायत तमाम देश समावेश छन् । शताब्दियौंअघि न त भारत नामको देश थियो न त नेपाल नै । यो सबै भूभाग जम्बुद्वीप, आर्यावर्तको नामले चिनिन्थ्यो । यसरी भारतले अहिले सांस्कृतिक अखण्ड भारतको नक्सा लगाएकोले यहाँ नेपालमा यस नक्साको तिव्र विरोध भई रहेको छ । त्यस्तै नै दशकौं अघि इष्ट इन्डिया कम्पनीको भारतमा शासन रहँदा नेपालको भूमि टिष्टादेखि सतलजसम्म थियो । अंग्रेजसँग भएको विभिन्न युद्धमा नेपालले यो भूमि गुमाएको इतिहास छ । यस कारण अहिले आ–आफ्नो राजनीति चम्काउन केहीहरुले ग्रेटर नेपालको मुद्दा तताएका छन् । नेपालमा भारतको विरोध गर्नु एउटा फेसन जस्तो बनेको छ । भित्र भित्रै भारतसँग साँठगाँठ राख्ने र बाहिरबाट भारतको आलोचना गरी बढी राष्ट्रवादी आफूलाई देखाउने परम्परा छ । यो सम्पूर्ण विवाद राजनीति गर्नका लागि हो भारतले न त नेपालको भूमि न त नेपाललले भारतको भूमि लिन सक्छ यो चाहिँ कटु सत्य हो तर राजनीति साध्न यस्तो विवादको स्थिति सिर्जना हुँदै आएको छ । भारत तर्फबाट कहिले भगवान बुद्ध हाम्रो हो, कहिले माता जानकी हाम्रो हो केहीहरु भन्दै आएका छन् अब यस्तै कुराले यहाँ विवादको स्थिति सिर्जना हुँदै आएको छ । नेपाल र भारतको हजारौं हजार किलोमिटर सीमा जोडिएको छ यस कारण विभिन्न विवादहरु उत्पन्न हुनु स्वाभाविकै हो जहाँ ४ वटा भाँडाकुडा एउटै ठाउँमा हुन्छन् त्यहाँ ठक्कर त लाग्छ नै । यस कारण विवाद हुँदैमा यसको समाधान गर्न जुटी हाल्नुपर्छ । यस्तो जोड्ने काम मात्र दुवै देशका पत्रकारले गर्न सक्छन् ।
यस कारण अब दुवै देशको पत्रकारहरुले मिलेर वास्तविक विवाद के हो ? यो विवादको निराकरण गर्न समय समयमा एक अर्काको यहाँ अन्तरक्रियाहरु आयोजित गर्दै जानु पर्ट यसबाट आपसी समझदारी बढ्दै जान्छ । यस कारण अब भारत र नेपालका पत्रकारहरु अझ एक अर्काको बीच नजिकिँदै जानुपर्छ किनकी नेताहरुको काम हो विवाद उत्पन्न गर्नु तर पत्रकाहरुको काम हो विवादको अन्त गर्दै जानु । यति गर्न सक्यौं भने नेपाल र भारतबीचको सम्बन्ध कहिले पनि खराब हुँदैन झन मजबूत बन्दै जानेछ । हाम्रो अर्काे छिमेकी देश चीनको नेपालमा चलखेल बढी रहेको छ । यहाँ तमामहरु चीनको पक्षमा कार्य गर्दै आएका छन् । यस कारण चीनबाट पोषित केहीहरु अनाहकमा विभिन्न विवाद उठाउँदै नेपाल र भारतबीच सम्बन्ध बिगार्नमा सक्रिय छन् । दुवै देशको पत्रकार यस्ता विवादहरु समाप्त पार्न लागी परे शताब्दियौंदेखिको सम्बन्ध आगामी समयसम्म दह्रो रहने अवश्यम्भावी छ ।