श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाह आज १८ गते माता बागेश्वरीको ऐतिहासिक नगरी नेपालगञ्ज भ्रमण गरिरहनु भएकोले यतिखेर सम्पूर्ण नेपालगञ्जवासी आफ्नो अति लोकप्रिय राजाको स्वागत गर्न आतुर रहेका छन् । केही वर्षदेखि श्री ५ महाराजाधिराज सरकारलाई पूर्व राजा भनि सम्बोधन गर्ने गरिएको थियो तर यता केही महिनादेखि श्री ५ ज्ञानेन्द्र शाह सरकारको देशको केही भागमा भ्रमण हुँदा यो आभाष भइ रहेको छैन कि उहाँ पूर्व राजा हुनुहुन्छ । राजसंस्था समाप्त भएपनि नेपाली जनता उहाँलाई देशको राजाझैं माया गरी रहेको देखिन्छन् यसको कारण यो छ कि देश अहिले तमाम समस्याबाट ग्रस्त भएको छ ।
देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आए चहुमुखी विकास हुनेछ, चारैतर्फ खुशियाली आउनेछ, विधिको शासनबाट देश चल्नेछ, देशको भूभाग सुरक्षित हुनेछ यस्तो धोको जनताले लिएका थिए तर पर–जा–तन्त्र, लुट–तन्त्र र गन–तन्त्र आएपछि जनतामाथि विपत्ति नै आएको देखिन्छ । छिमेकी देश चीनले हुम्लाको तमाम जमिन कब्जा गरेको छ । त्यस्तै नै अर्काे छिमेकी देश भारतले पनि पिल्लर सार्दै नेपालको तमाम जमिन कब्जा गरेको देखिन्छ तर सत्तामा बसेका राजनीतिक दल यस अतिक्रमणप्रति मौन छन् । यसबाट के प्रतित हुन्छ कि हाम्रो दुवै छिमेकीले नेपाली भूभाग कब्जा गरी रहेका छैनन् बरु हाम्रै देशको सत्तासीन राजनीतिक दलहरु यी छिमेकी देशसँग नेपालको जमिन बिक्री गरी रहेका छन् । जसको कारणले यिनीहरु अतिक्रमण कार्यलाई नदेखे जस्तो गरी रहेका छन् । आफ्नो छवि चम्काउन राजनीति चम्काउन केही महिना अघि कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्तो ठाउँलाई नेपालको नक्सामा राख्ने छदम कार्य गरेका छन् उनीले । नेपालको नक्सामा पुच्छर लगाए तर आजसम्म त्यो भूभाग फिर्ता पाउने कुनै प्रयासै गरेनन् यसबाट के बुझिन्छ भने नेपालको गनतन्त्रवादी सरकारहरुले सबै काम नेपाली जनतालाई बेवकूफ बनाउन मात्र गरी रहेका छन् । देशको विकास कार्य ठप्पपूर्ण छ । शाहवंशीय विभिन्न राजाहरुको शासनकालमा जति विकास भएको थियो त्यो भन्दा धेरै विकास गर्न सकेका छैनन् गनतन्त्रवादी सरकारले । शाहवंशीय राजाको शासकालमा न त चीनले हुम्लाको जमिन कब्जा गर्ने प्रयास गरेको थियो न त भारतले नै नेपाली जमिन खुल्लमखुल्ला कब्जा गर्ने प्रयास गरेको थियो तर अहिले रोजिन्दा नेपाली जमिन मिचिदैछ । देशमा विधिको शासन नभएकोले निर्मला पन्तमाथि ज्यादतीको घटना भयो निर्मला पन्तमाथि ज्यादती गर्ने, हत्या गर्ने कुनै अपराधी आजसम्म पक्राउ परेनन् । यसको कारण छ अपराधीको संरक्षण राज्यबाट भएको छ । त्यस्तै नै १७ हजार मध्ये ५ हजार निर्दाेष नेपालीको हत्या मैले गरेको हुँ जिम्मा लिने व्यक्ति आजसम्म सत्तामा छन् । यसरी अपराधलाई मौलाउने काम देशका राजनीतिक दलबाट भएको देखिएको छ । निर्दाेष नेपाली जनतालाई विष्फोट गरी मार्नेलाई कडा कारवाही हुनु पथ्र्याे, बेपत्ता नागरिकहरुको खोजी हुनु पथ्र्याे तर त्यस्तो गरिएन । अहिले देश पाकिस्तान, श्रीलंका जस्तो कंगाल बन्ने अवस्थामा पुगेको छ । आर्थिक मन्दीको कारण देशको उद्योगी, व्यवसायी, व्यापारी समस्यामा परेका छन् । धमाधम पसलहरुमा ताल्चा लागी रहेको छ तर देशका नेता मोजमस्ती गर्नमा मस्त छन् । यस कारण जनता अब यसको विकल्प खोजी रहेका छन् । यस समय एउटा विकल्प मात्र देखिन्छ त्यो हो देशको प्रमुख आधार श्री ५ मौसुफ सरकार । अब जनता श्री ५ ज्ञानेन्द्र शाह सरकारको तर्फ आशाको निगाहले हेरी रहेका छन् । उनीहरु राजा आऊ देश बचाऊ जस्तो नारा लगाई रहेका छन् जनताको लागि देश प्यारो छ राजनीतिक दलका नेताको लागि धन प्यारो छ । लामो समयसम्म सत्तामा टिकी राखे ठूलो रकम कमाउन सकिन्छ, शानोशौकतमा जीवन व्यतीत हुन्छ, विदेशमा पुगेर महँगो उपचार गराउन मिल्छ यस्तो मोह माया छ सत्तासीन दलका नेतामा । विगतमा एक दलका विभिन्न नेताले देश लुटेर खायो अब अर्काेले खाई रहेको छ । यसरी बाँडीचुँडी खाने यिनको नियत छ । यसरी नै पालैपालोे यिनीहरु देशको धन खाँदै रहे नेता झन धनी बन्छन् र गरीब जनता झनझनै गरीब बन्दै जानेछन् । यस्तै हुँदै रहने हो भने त्यो दिन टाढा छैन जब देशै रहँदैन । अनि नेपाली जनता कहाँ जाने ? यो चिन्ता सबैलाई पिरोल्न थालेको छ । त्यसो पनि देशका युवा शक्ति रोजगार खोज्दै खाडी देशहरुमा पलायन गरी त्यहाँ सस्तोमा श्रम बिक्री गरी रहेका छन् । जति बचेका छन् उनीहरु छिमेकी देश भारतमा कहालीपूर्ण अवस्थामा जीवन जिउन बाध्य छन् । यस कारणले पनि अब परिवर्तन हुनु जरुरी भई सकेको छ त्यो परिवर्तन होस् तर विकास हुन सकेन भने त्यो बेमानी हुनेछ अब परिवर्तन अवश्यम्भावी भई सकेको छ श्री ५ ज्ञानेन्द्र शाह सरकारको भ्रमण देशभरी नै भई रहेको छ उहाँको स्वागत जोडदार ढंगले नेपालगञ्जवासीले गर्न सक्नुपर्छ । अब आफ्नो देशलाई बचाउन संघर्ष छेड्नु पर्छ त्यो संघर्ष होस् जसलाई छदमभेषी गनतन्त्रवादीहरुले याद राखुन् । अब परिवर्तनको अतिरिक्त अन्य विकल्प देखिँदैन परिवर्तनको साथ देशको सिस्टममा पनि ठूलो सुधार ल्याउनुपर्छ । अपराधीलाई कडा सजायँको व्यवस्था गरी भ्रष्टाचारी चाहे सत्तासीन ठूला दलका व्यक्ति हुन् वा साधारण नागरिक सबैको लागि समान कानून बन्नुपर्छ । भ्रष्टाचार साबित भए प्रधानमन्त्री के ठूलालाई पनि आजन्म कारावास गर्ने व्यवस्था बन्नु पर्छ । देशको माथि आर्थिक भार नथपियोस् यसको लागि प्रदेश सरकार, संघीयता, समानुपातिक व्यवस्थाको अन्त हुनुपर्छ । देशमा अहिले छाडातन्त्र हावी छ यसको लागि अब सक्रिय राजतन्त्रको स्थापना गर्न सकिएन भने नेता यसै प्रकार देशलाई लुट्दै रहछन् र जनता ती नेताहरुको मुख टुलुुटुलु देख्दै उनीको स्तुतिगान गर्दै

रहन्छन् । आज वैशाख १८ गते श्री ५ ज्ञानेन्द्र शाह सरकारकोे यस ऐतिहासिक नगरीमा भ्रमण भएको छ यहाँ मौसुफ सरकार माता बागेश्वरी मन्दिरमा महाआरतीमा सहभागी हुने र सो पछि २० गते बाँकीबगियास्थित ऐतिहासिक रामलीला मैदानमा जनतालाई दर्शन भेट गर्ने कार्यक्रम रहेकोले हामी त भन्छौं चिरायु राजन दिर्घायु राजन ।