नवनियुक्त मुख्यमन्त्रीहरूमा प्रदेश एक मा नेकपा(एमाले)का संसदीय दलका नेता हिकमत कार्की, मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता सरोजकुमार यादव, बागमती प्रदेशमा नेकपा(माओवादी केन्द्र) का संसदीय दलका नेता सालिकराम जमरकट्टेल, गण्डकी प्रदेशमा नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी , लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लीला गिरी, कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनु भएको छ ।
नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत सदस्यको समर्थनसहित दाबी प्रस्तुत गर्नुभई सातै जना नेताहरू मुख्यमन्त्री बन्नुभएको हो ।