प्याब्सन नेपालगंज तेश्राे संस्करण चेस प्रतियाेगिता सम्पन्न भएकाे छ । प्याब्सन नेपालगंजद्वारा यहि मंसिर २२ र २३ गते गरी दुई दिनमा आधारभुत तहका छात्रा तथा छात्र र माध्यमिक तहका छात्रा तथा छात्र गरी छुट्टा छुट्टै ४ वटा इभेन्टहरुकाे आयाेजना गरिएकाे हाे । सबै इभेन्ट ५ राउण्डमा प्रतिस्पर्धा गराईएकाे प्रतियाेगितामा नेपालगंजका १७ वटा विद्यालयहरुले भाग लिएका हुन ।
आधारभुत तहकाे छात्रा तर्फ ११ जना सहभागीहरु मध्यबाट सबै राउण्ड जित्दै कक्षा ३ सगरमाथा स्कुलमा अध्ययनरत इशा गिरी ५ अंकका साथ प्रथम, कक्षा ८ नेपालगंज माेडल एकेडेमीकी श्रृष्टी शाह ४ अंक सहित दाेश्राे र ३ अंक ल्याउदै पशुपति स्कुल राझाकी निरुता कार्की तेश्राे भएकी छन । १५ जना खेलाडीहरु भएकाे आधारभुतकै छात्र तर्फ पशुपति स्कुलका सग्यान पाण्डेलाई हराउदै ४.५ अंक साथ कक्षा ८ जय वागेश्वरी स्कुलका हेमाङबाबु सिंह प्रथम, ४ अंक ल्याई एन्जल्स स्कुलका संस्कार भट्ट दाेश्राे र नेपालगंज माेडल एकेडेमीकै अनुपजंग शाह ३.५ अंकका साथ तेश्राे भएका छन ।
११ जना प्रतिस्पर्धी रहेकाे माध्यमिक तहकाे छात्रा तर्फ भेरी विद्याकी गरिमा श्रेष्ठलाई हराउदै पशुपतिकै सलिना थापा ४.५ अंक सहित प्रथम र समान ३.५ अंक भएता पनि १४.५ Buchholz साथ सगरमाथाकै प्रतिभा भण्डारी दाेश्राे तथा ३.५ अंक र १० Buchholz का कारण जय वागेश्वरीकी जेनेलिया चन्द तेश्राे भएकी हुन । साथै १४ जना बीच भएकाे मा.वि. छात्र तर्फकाे प्रतिस्पर्धामा आदर्श स्कुलका आदेश पुनलाई हराउदै सगरमाथाकै हिमाल नाथ याेगी ५ अंक साथ प्रथम, आदर्शका आदेश पुन ४ अंक साथ दाेश्राे र ३ अंक जाेडी भेरी विद्याका अभय बर्मा तेश्राे हुन सफल भएका छन ।
छात्रा २२ र छात्र २९ गरि कुल ५१ खेलाडी सहभागी रहेकाे प्रतियाेगिताकाे ४ इभेन्टका कुल १२ वटा मेडलहरु मध्य सगरमाथाले ३, जय वागेश्वरी, पशुपति र नेपालगंज माेडल एकेडेमीले २/२ र एन्जल्स, आदर्श तथा भेरी विद्याले १/१ वटा मेडल हासिल गरेका छन ।
लायन्स क्लब अफ न्यूरोड को सहयोगमा र प्याब्सन नेपालगञ्ज द्वारा आयोजना गरिएको उक्त कार्यक्रम आज राँझा एयरपोर्ट स्तिथ प्याब्सन बाँके को सभाहालमा सम्पन्न भएको छ ।