बाँके । बाँके क्षेत्र नम्बर २ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ सल्यानीबाग महिला स्कुल नजिक राप्रपा र एमालेको गठबन्धनका कोण सभा भाएको छ यस कोण सभाका प्रमुख अतिथि डा.समशेर राणा रहनु भएको थियो डा.धवल राणाले भने आफु निर्वाचित भएमा संसद चलैकै दिनबाट रासायनिक मलको अभाव पुर्तीमा लाग्ने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि आफुले रासायनिक मल उद्योग लगाउने घोषण गर्नु भयो नेकपा एमाले सांको तालमेल उम्मेदार रहेका राप्रपाका महामन्त्रि डा.धवाल राणाले नेपाली कृषहरुका लागि मलखादको समस्यालाई समाधान गर्ने बताउनु भयो । यहाँका किसानहरुले यदि भारतबाट मलखाद्य ल्याउनु भएन भने यहाँँका किसानहरुले उत्पादन गर्न सक्दैनन र यहाँका किसालहरुले भारतबाट मल ल्याउने गरेका छन् यहाँका किसानहरुलाई तस्कर बनाई दिन्छ त्यसै भएर म ससंदको पहिलो दिन देखि किसानहरुको लागि मलको फ्याक्ट्री लगाउने छु । जति रुपैया लाग्छ नेपाल सरकार संग लाएर मलको फ्याक्ट्री लगाउने पहल रहने छ । कृषकहरुको लागि मलको फ्याक्ट्री बनाउने र सधैंको लागि मलको व्यवस्थान गरिने छु । निरक गुरुङ्गले भने हामीले वाचालाई पुरा गर्ने छा युवाहरुलाई रोजगारिको अवसर प्राप्त हुने छ र यस क्षेत्रमा कलकारखानाको क्षेत्र बनाउने छौं र यस क्षेत्रलाई फ्याक्ट्री,उद्योगीक क्षेत्रको शहर बनाउने छौ र यहाँका जनताहरुलाई रोजगारि श्रीजना हुने छ यस क्षेत्रमा देश कैय नमुना शहर बनाउने छु । यहाँका युवाहरुलाई विदेश जान नर्पाेस त्यसैले हामी यस उद्योगिक शहर बनाउने छु यहाँँका युवाहरुलाई । रोजगार मिल्ने छ यस क्षेत्रको विकासलाई उच्च स्थान पुरयाउने लक्ष्य रहेको बताए । जनताका सेवाका लागि दिन रात खटने छौ र यस क्षेत्रलाई देशकै नमुना विकसित क्षेत्र बनाउने हो । यस कार्यक्रमा नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्राले भने विकास पुरुषको चर्चाले छ विकास पुरुष भने छन् । यस भेरी असपतालका योजनाहरु मैले ल्याको हो भन्नु हुन्छ तर त्यो भेरी अंचल असपताल भवनको योजना नेकपा एमालेको सरकार हुँदा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यस भेरी अंचल असपतालको भवन बनाउने योजना शुरु भएको थियो भेरी अंचल असपतालको भवन नेकपा एमालेको सरकारले बनाएको हो पशुपति दयाल मिश्राले भन्नु भयो । यस कार्यक्रमका अध्यक्षता नेकपा एमाले वडा नम्बर ४ अध्यक्ष चेत बहादुर गुरुङ्गले गर्नु भएको थियो भने यस कार्यक्रमका संचालक नेकपा एमालेको नेता भीम राना भाट्टले गर्नु भएको थियो ।