जियाउल मुस्तफा कादरी
नेपालगञ्ज÷नेपालगञ्ज आज मिति २०७९ कार्तिक १३ गते आईतबार आज बाँके क्षेत्र नम्बर २ नेपालगञ्ज वडा नम्बर १८ मा एमालेको सयुक्त सचिवालय उदघाटन भएको छ यो उद्घाटन राप्रपा र नेकपा एमालेको सयुक्त उम्मेदवार प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.धवल सम्शेर राणा र नेकपा एमालेका प्रतिनिधि सभा सदस्य क बाट पदका उम्मेवार विजय बहादुर यादवले संयुक्त रुपमा बेनरलाई खोलेर उद्घाटन गर्नु भएको थियो । यस कार्यक्रम का प्रमुख अतिथी डा.धवल सम्शेर राणा रहनु भएको थियो । डा.धवलले भने जनता हाम्रो पछमा रहेको छ । आज तपाईहरुलाई (जनता)हरुलाई एकदमै ठुलो जिम्म दिएको छ । यदि आउने निर्वाचनमा तपाईहरुले मलाई जितायो भने सांसदमा मलाई मिल्ने आफनो भत्ता पनि जनताको सेवामा बाढ दिने भन्नु भयो सांसदमा कति रुपैया मिल्छ मलाई थाहा छैन तर मैले सुनेको छु कि सांसदमा मिल्ने लतब भत्ता ७०–८० हजार हुन्छ सुनेको छु जति पनि तलब भत्ता हुन्छ,मलाई मिल्ने त्यो तलब भत्ता सार्वजानिक रुपमा जनताको सेवा मै दिने छु र कृषिको समस्यालाई समाधान गर्ने छु र कृषि,शिक्षा,स्वास्थ्य,रोजगार मा जोड दिनु भएको थियो । त्यसतै विजय बहादुरले भने म प्रदेशको कृषि मन्त्रि हुँदा आफनो कार्यकालमा मलको अभाव भएन म धेरै समय मन्त्रि रहेन तर म हुदाँँ खाने पानीको समस्या लाई समाधान गरे र अब आउने निर्वाचनमा जनताहरुले पठाए भने नेपालगञ्जको जस्तै यस क्षेत्रको यस गाँको विकास गर्ने छु । त्यसतै आज डुडुवा गाउँपालिकामा पनि नेकपा एमाले र रप्रपाका नेता तथा कार्यकर्ताहरुले निर्वाचनलाई लक्षित गरि नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनको लागि भोट माग्दै छन् त्यसतै नेकपा एमाले डुडुवा गाँउपालिका अध्यक्ष शकील अहमद खानले भने यस डुडुवाको विकास गर्नु छ यदि राप्रपाबाट धवल शम्शेर राणा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन वहाँ एउटा देश प्रेमि विकाश प्रमि नेता हुन वहाँ २ पटक मेयर भएर काम गरेका छन् र अब नेपालगञ्जको विकास तपाईहरुले हर्नु भएको छ यदि वहाँ अब आउने निर्वाचना तपाईहरुले आफनो अमुल्य भोट दिएर विजय गराउनु भयो भने यस क्षेत्रको विकास हुने छ सबैलाई मिलाएर जान सक्ने क्षमता भएको सबैको लोकप्रिय नेता डा.धवल सम्शेर राणालाई आफनो अमूल्य भोट दिएर विजय गराउनका हार्दिक अनुरोध गर्नु भयो । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिक आँउदै गर्दा शहर देखि गाँउ–गाँउमा चुनावी महोल बनेको छ बाँके नेपालगञ्जमा चुनावको महोल छायको छ नेपालगञ्जमा शहर देखि गाँउ सम्म चुनावको चर्चा भइरहेको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनकोे मिति २०७९ मसिंर ४ गते हुन गई रहेको भए सँगै बाँकेमा चुनावी माहोल बन्न थालेको छ । नेकपा एमाले र रप्रपाको गठबंधनका नेता कार्यक्रताले गाँउदेखि शहर सम्म जनतामाझमा पुगेर भेटघाट घरदैलो कार्यक्रम गर्दे राप्रपा र एमालेका नेता तथा कार्यकर्ताहरुले जनताहरु सगं भोट माग्दैछन् ।