प्रभु श्री राम को नगरी अयोध्या ले १५ लाख ७६ हजार दीप बालेर गिनीज बुक ऑफ वर्ल्ड रिकॉर्ड आफ्नो नाम दर्ज गराएको छ ।
उत्तर प्रदेश को मुख्यमंत्री योगी आदित्यनाथ को अयोध्या को लागि गरिएको प्रतिबद्धता अनुसार एक पटक फेरी वैश्विक रिकॉर्ड बनाउन सफल भएको हो ।
गिनीज बुक ऑफ वर्ल्ड रिकॉर्ड्स (Guinness Book of World Records) ko प्रतिनिधिहरु ले उत्तर प्रदेश सरकार (UP Government) द्वारा गरिएको 'भव्य दीपोत्सव' लाई राम्रो सँग अनुगमन गरी अंततः एक साथ एक स्थानमा यति बड़ी संख्यामा दीप प्रज्ज्वलन को नवीन विश्व कीर्तिमानको दर्जा दिइएको छ ।
विश्व रेकर्ड बनाउनमा अवध विश्वविद्यालय, अयोध्या को शिक्षक र छात्रा हरु को निकै राम्रो भूमिका रहेको भूमिका रहेको भारतीय न्युज चेनल ( आज तक) ले जनाएको छ ।
'श्री राम जय राम जय जय राम' को जापको साथ एक-एक गरी १५ लाख ७६ हजार दीप जलाएका थिए ।
गिनीज बुक ऑफ वर्ल्ड रिकॉर्ड को प्रतिनिधि द्वारा
मुख्यमंत्री योगी आदित्यनाथ लाई प्रमाण पत्र प्रदान गरिने बेला सारा अयोध्या 'जय श्री राम' को स्वर ले गुन्जिएको थियो । गत वर्ष पनि यसै स्थानमा दीप प्रज्ज्वजन गरी विश्व रेकर्ड बनाएको थियो ।
अयोध्या मा राम की पैड़ी भन्ने स्थानमा १५.७६ लाख दीप जलाएका थिए । मुख्यमंत्री ले सर्टिफिकेट लाई मंचमा आफ्नो हाथमा उठाएर सारा अयोध्या का नागरिक लाई अभिवादन गरेका थिए । दीपोत्सवको कार्यक्रम मा प्रधानमंत्री नरेंद्र मोदी को उपस्थिति पनि रहेको थियो । मोदी ले यसलाई अविस्मरणीय, अद्भुत उपलब्धि भनी मुख्यमंत्री योगी आदित्यनाथ लाई हृदय देखि शुभकामना दिए ।
२०१७ मा १ लाख ७१ हजार
२०१८ मा ३ लाख १ हजार , २०१९ मा ४.०४ लाख, २०२० मा ६.०६ लाख र २०२१ मा ९.४१ लाख दीप प्रज्ज्वलित गरिएको थियो ।