असोज २२/ नेपालगञ्ज
जय श्री राम शक्ति दल लाठी समिति ले आज दिन शनिवार नेपालगञ्ज उद्योग वाणिज्य संघ को हाल मा आफ्नो ३१औं वार्षिक उत्सव एवम् खेलाडी हरु लाई सम्मान कार्यक्रम को आयोजना गरेको थियो ।
उक्त कार्यक्रम संस्था का अध्यक्ष राज कुमार वैश्य को अध्यक्षतामा भएको थियो ।
कार्यक्रम का प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष मनोज श्रेष्ठ ले प्रभु श्री राम को तस्बिर अगाडि दीप जलाई कार्यक्रम को समुद्घाटन गरेका थिए ।
नेपाल शिव सेना का नेता एवम् बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा का स्वतन्त्र उम्मेद्वार दिवाकर खनाल नेपाल शिव सेना का केन्द्रीय अध्यक्ष एवम् बाँके क्षेत्र नं २ प्रदेश सभा( ख) का स्वतन्त्र उमेद्वार राजकुमार रौनियार कसौधन वैश्य समाज का अध्यक्ष एवम् राप्रपा का केन्द्रीय सदस्य नन्दलाल वैश्य लगायत का नेता समाजसेवी हरु को उपस्थिति रहेको थियो ।
प्रथम दिव्यंश वैश्य दितिय रोहीत गुप्ता तृतीय सौरभ कनौजिया चौथौ निखिल वैश्य उत्कृष्ट खेलाडी सचिन गुप्ता र अनुसासन मा सुराज साहु लगायत का खेलाडी हरु लाई दोसल्ला ओढाई विजयी चिन्ह, ट्रफी, शिल्ड मायाको चिनो
विशिष्ट अतिथि दिवाकर खनाल र राजकुमार रौनियार द्वारा प्रदान गरिएको थियो ।
यसै क्रममा संस्था ले आफ्नो कार्यसमिति का पदाधिकारी
प्रथम उपाध्यक्ष जीत कुमार वैश्य( भोलू )
उपाध्यक्ष पावन कुमार पटाहर
सचिव आकाश वैश्य
कोषाध्यक्ष पवन कमलापुरी
मुख्य सल्लाहकार विजय लाल वैश्य
सल्लाहकार
वीरेन्द्र सिंह ठठेर
पुरुषोत्तम वैश्य
नन्हु लाखेर सञ्जय शाहू
जितु गुप्ता विनोद गुप्ता र
सदस्य
विक्की गुप्ता( राजा) रोहित लखेर अनुज वैश्य दिपु गुप्ता ऋषव वैश्य दिपेश वैश्य लाई समेत मायाको चिनो सहित सम्मान गरेको थियो ।