व्यवस्था परिवर्तन आजको आवश्यकता वर्तमान समय देश बडो संकटपूणर् स्थितिबाट गुज्री रहेको छ । २०६२-०६३ मा जनआन्दोलन भाग २ को सफलतासँगै देशका जनताले देशको स्थिति अब सुध्रिन्छ, देशले विकासमा फड्को मार्छ, जनतालाई बराबरीको हक अधिकार मिल्नेछ, भ्रष्टाचार पूणर् रुपले निर्मूल हुन्छ, देशको सिस्टममा सुधार आउनेछ यस्तो धोको लिएका थिए तर १७-१८ वर्षको अन्तरालमा यस्तो कुनै पनि काम भएको देखिँदैन । शाहवंशीय राजाहरुले भनेका थिए मुलुकमा परिवर्तन भयो र देश अगाडि बढ्न सकेन भने त्यो बेमानी हुनेछ । यो भनाई शाहवंशीय राजाको अहिले चरितार्थ भएको छ । देशमा परिवर्तन भयो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापना भयो तर कुनै पनि उपलब्धी भने मिलेन । आज यो व्यवस्थाप्रति जनताको वितृष्णा बढ्न थालेको छ । देशका प्रमुख राजनीतिक दलबाट जनता निराश बनेकोले उनीको आक्रोश राजनीतिक दलप्रति बढेको छ । स्थानीय निर्वाचन २०७९ मा राजधानी लगायत कैयन स्थानमा जुन प्रकारले स्वतन्त्र उम्मेदवार मेयर पदमा विजयी भए यो जनताको झापड राजनीतिक दललाई परेको बुझ्न सकिन्छ । अब संसदीय निर्वाचन नजिकिँदै छ यस्तो आक्रोश जनताले पुनः पोख्ने नै छन् । प्रमुख राजनीतिक दलले एक किसिमले यो देश र जनताप्रति गद्दारी गरेकै हुन् । यी प्रमुख राजनीतिक दलहरुले विदेशी देशको डलर खान तमाम असमान सन्धि सम्झौताहरु गरे यस कारण नेपाल र नेपालीको अस्तित्व नै मेटिने खतरा बढेको छ । प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रमा देशको प्राचीन धर्म संस्कृति सभ्यता र देवभाषा संस्कृत नै लोप गराउने षडयन्त्र बढेको छ । हामीले अहिले सम्म ॅई’बाट ईश्वर पढेका थियौं तर सत्तासीनहरुले हाम्रो भावी सन्ततिहरुलाई ॅई’ बाट ईस अर्थात ईसुको वन्दना गराउन बाध्य पार्न शुरु गरेका छन् । हाम्रो देश नेपाल शान्त र सुखी रहेको सम्पूणर् विश्वमा विख्यात थियो तर अहिले खर्बौंको भ्रष्टाचार विगत दिनदेखि आजसम्म हुँदै आएको छ । जसको कारण देश कंगाल हुने अवस्थामा पुगेको छ । यसको अनुमान नेपाली जनताले मात्र गरी रहेका छैनन् बरु नेपालको डंका बजनेवाला छ । यस्तो व्यंग्योक्ति विदेशी मिडियाहरुले नेपालमाथि गर्न शुरु गरेका छन् हाम्रो देश अहिले श्रीलंकाको स्थितिमा पुग्न थालेको छ यसकारण नेपाली जनता सोचनीय अवस्थामा पुगेका छन् श्रीलंकाको टाट पल्टिँदा जुन प्रकारले त्यहाँका जनता सत्तासीन परिवारवादी सरकारप्रति आफ्नो रिस पोखी रहेका छन् उनीको यस्तो कार्य साहसिक छ तर हामी नेपाली जनता एकदमै सोझो छौं यस कारण जब हाम्रो भू-भाग कालापानी, लिपुलेक, लिम्पियाधुरा कब्जा भयो हामी चुप लागेर बस्यौं । जब हुम्लाको तमाम जमिन छिमेकी देशले कब्जा गर्यो त्यस समय पनि चुप लागेर बस्यौं अहिले पेटोलियमको मूल्यमा भारी वृद्धि हुँदा राजधानीमा प्रदर्शन भयो यस्तो विरोध प्रदर्शन हुँदा दमन गरिएको छ तर अन्य अंचल प्रदेश र जिल्लाका जनता टुलुटुलु आँखा चिम्लेर बसेको देखिए । यसबाट के अनुमान हुन्छ कि हामीमा प्रतिरोध गर्ने क्षमता भने छैन यस कारण सबै दमनपूणर् कार्य सजिलै सहने गर्छौं । यस आन्दोलनबाट भर्खरै पेट्रोलियममा देखावटी स्वरुप केही मूल्य घटाइएको छ यसबाट एउटा कुरा प्रष्ट हुन्छ कि शान्तिपूणर् आन्दोलनबाट जनता आफ्नो माग पूरा गराउन सक्छन् । अहिले हामीले बाध्यतावश पनि बुझ्ने प्रयास गर्नुपर्छ कि हामी हिन्दुहरुको मात्र एउटै देश हो नेपाल यो पनि विदेशी हस्तक्षेपको कारण बर्बाद भए हामी कुन देशमा गएर शरण लिने ? देशको स्थिति यस्तै रहने हो भने हामीलाई कुन देशले स्वीकार गर्ने छ त यस कारण अब नेपाली जनताले आफ्नो देश र आफ्नो अस्तित्व जोगाउन जाग्नु नै पर्छ जागेपछि सुत्ने बहाना गर्नु गलत हो । किनकि अब पनि सुत्ने बहाना गरी रहन्छौं भने हाम्रो केही बिग्रिने छैन तर भावी सन्ततिको अस्तित्व नै बर्बाद पार्नेछौं । संकटहरु बढी रहेको छ विदेशी छद्म भेष धारण गरी देशभित्र पसी रहेका छन् तमाम घुसपैठिया शरणार्थी भई पसेका छन् उपासना गृहहरु आतंककारीको शरण स्थल बन्न पुगेको छ । यसमा पनि बढ्दो महँगीको कारण देशका जनताको ढाड सेकिएको छ । यस कारण अब फुटेर विरोधको स्वर उठ्नु हुँदैन बरु एकजुट भएर विरोधको स्वर उठ्नुपर्छ । राजधानीमा शान्तिपूणर् विरोध प्रदर्शन हुन्छ भने देशका अन्य भागका जनताले पनि त्यस्तो दमनको विरोधमा बोली दिनुपर्छ किनकि काठमाडौं मात्र देशको भूभाग होइन १४ अंचल ७७ जिल्ला सात प्रदेश पनि देशको भूभाग हो हामी सबैले यो कुरा बुझी दिनुपर्छ । हिमाल, पहाड, तराई कोही छैन पराइ यसलाई मात्र श्लोगनको रुपमा देख्नु हुँदैन हामीलले यसलाई व्यवहारमा उतार्न सक्नु पर्छ । देशलाई बचाउनु छ भने सबै देशवासी लाग्नुपर्छ हामी एकताबद्ध भए विदेशी शक्ति र विदेशी घुसपैठिया हामीहरुको केही बिगार्न सक्दैनन् । हामी चुप लागेर बसेका छौं यस कारण उनीहरु यसरी हौसिएका हुन् । अनुमान गरौं आफ्नो घर जथाभावी ढंगले खुल्ला राखी दिने हो भने विभिन्न प्रकारका विषालु जनावर पस्छन् जब ढोका सुरक्षित बन्द गरेर राख्छौं कुनै प्रकारको विषालु जथाभावी ढंगले पस्न पाउँदैन देश पनि एउटा घर जस्तो नै छ यस कारण आफ्नो घरलाई चलाउने जिम्मेवारी हाम्रो हो । अहिले देशलाई बचाउनु छ भने कुहिएको व्यवस्थालाई बाध्यताले पनि फाल्नु नै पर्छ । किनकि शरीरमा न निको हुने घाउ हुन्छ भने त्यस समय शल्यक्रिया गरी त्यस्तो शरीरको अंग काटेर फाली दिनु नै पर्छ समयमा काटेर नफाले ज्यान नै जानै खतरा बढ्छ । अहिले त्यस्तै नै अवस्था देशको छ । लोकतन्त्र गणतन्त्रको आडमा विभिन्न संक्रामक रोगहरु फैली सकेकोले देश रुग्ण अवस्थामा पुगेको छ यस्तो संक्रामक रोग हटाउनै पर्छ । व्यवस्था परिवर्तन कसैको रहर होइन तर बाध्यतावश परिवर्तनको बाटो रोज्नु नै पर्छ तर यसको लागि सिस्टममा सुधार गर्ने सोच पहिलेदेखि नै बनाई राख्नुपर्छ अनि मात्र परिवर्तनबारे सोच्नु पर्छ । देशमा भएको ठूला ठूला भ्रष्टाचारमा विभिन्न नेताहरु मुछिए तर १-२ जनामाथि मात्र कारवाही भएको पाइन्छ । अहिले त प्रायः तमाम भ्रष्टाचारीहरु छन् भ्रष्टाचारमाथि भ्रष्टाचार गर्ने ओइरो लागेको छ तर कुनै कारवाही भएको देखिँदैन यस कारण आगामी समय देशको चाहे कुनै शिर्षस्थ पदका व्यक्ति हुन् त्यस्ताले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने अदालतमा खडा गरी बयान लिने, कसुरवार ठहर भए आजन्म कारावास गर्नेसम्मको नीति नियम बन्नुपर्छ तर अहिले कुन प्रमुख राजनीतिक दलका नेताले कति भ्रष्टाचार गरेका छन् कम समयमा यिनी यति चाँडो धनवान कसरी बने यसबारे उनीको सम्पत्ति छानबीन हुनुपर्ने जरुरी भएको छ । यसबाट पनि भ्रष्टाचार निर्मूल हुँदैन भने अन्तिम अस्त्र हो परिवर्तन । परिवर्तन गरेर देशमा कडा नीति नियम बन्नुपर्छ । अनिमात्र हामीले सुन्दर शान्त वैभवशाली विशाल नेपाल राष्ट्रको परिकल्पना गर्न सक्छौं ।
व्यवस्था परिवर्तन आजको आवश्यकता
Monday, June 27, 2022
0
Tags