नेपालगञ्ज/स्थानीय निर्वाचन २०७९ सफलताूर्वक सम्पन भई नयाँ जनप्रतिनिधि चयन भएर आएपनि सरसफाई फोहोरमैला व्यवस्थापन कार्य विगत जस्तै नै कहालीपूणर् अस्थामा छ । गन्दगीको साम्राज्यबाट अहिलेसम्पूणर् नगर ग्रसित रहेको देखिन्छ । नेगउमनपा ७ को रानीतलाउ क्षेत्र नजिकै रहेको पूर्वीया महाराज शिव मन्दिरको समुन्ने विगत कैयन वर्षदेखि त्यहाँ अर्कै ठाउँको फोहोरमैला ल्याई खसाउने र पछि सो फोहोर मैला भरेर अर्कै ठाउँमा लैजाने कार्य हुँदै आएको छ । नेपालगञ्ज वडा नं. ७ मा नयाँ जनप्रतिनिधि चयन भएर आएपछि मन्दिर अगाडिको फोहोर मैला व्यवस्थापन हुने धोको यहाँका वडावासीहरुले लिएका थिए तर नयाँ जनप्रतिनिधिहरु आएपनि फोहोरमैला व्यवस्थापन कार्य पुरानै पारामा चली रहेको छ । अब रानी तलाउ नजीक रहेको महेन्द्र मावि सामुन्नेको कुनामा फोहोरको डंगुर लाग्ने भएकोले विद्यालयमा पठन पाठन गर्न आउने विद्यार्थीहरुलाई ठूलो अप्ठेरो पर्न शुरु भएको छ । विद्यालय अगाडिको वातावरण सफा सुग्घर हुनुपथ्र्यो तर नयाँ आएका जनप्रतिनिधिले फोहोर मैला व्यवस्थापन गर्ने ध्यान नदिएकोले सर्वसाधारण र विद्यार्थीहरुलाई नाकमुख थुनेर हिँड्ने बाध्यता भएको छ । वडावासीहरुले रानी तलाउ परिक्षेत्रमा जथाभावी ढंगले फालेर राखिएको विभिन्न सरसामान हटाउँदै सो बाटो सफा सुग्घर हुनुपर्ने स्थानीयहरुले माग गर्न शुरु गरेका छन् ।
नयाँ जनप्रतिनिधि आएपनि सफाई फोहोरमैला व्यवस्थापन कार्य विगत जस्तै नै
Monday, June 27, 2022
0
- रमेश चन्द्र कुमाल
Tags