असार ११ गते बाँके , नेपालगन्ज ।
नेपाल शिवसेनाको नेपालगन्ज उपमहानगरपालिकाको नगर अध्यक्षमा सुनिल केसी चयन हुनुभएको छ ।
नेपाल शिवसेना बाँकेको आज भएको जिल्ला कार्यक्रमले सुनिललाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा नेपाल शिवसेनाको समिति गठनगरी नगर अध्यक्षको समन्वयमा नगर समिति गठन गरिने केसीले बताएका छन । आफ्नो हिन्दु धर्म के हो , हिन्दु धर्म कसरी रक्षा गर्ने, हिन्दु धर्म छ र त हामी छोै अनि हिन्दुराज्य भनेर चिनिने नेपाल छ तर यहाँ हिन्दु धर्म हराउँदै गएको छ । अब हिन्दु धर्मको विसयमा हरेकको घर घरमा हिन्दु धर्मको पहिचान झल्काउने काम गरि पुन हिन्दु धर्मका लागि सधै लागि पर्ने नगर अध्यक्ष केसी बताउनु भएको छ ।
तेस्तै नेपाल शिवसेना बाँकेको अध्यक्षमा मदनराज शर्मा चयन हुनुभएको छ।