- रमेश चन्द्र कुमाल
नेपालगञ्ज/राप्रपा नेपालबाट मेयर पदका उम्मेदवार अभय बस्नेतले अहिले खुलेर आफ्नो भनाई राख्न थालेपछि उनी यस स्थानीय निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेका छन् ।
मेयर पदका उम्मेदवार अभय बस्नेत व्यापारी नेता पनि हुन् उनी नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्त समेत रहेका थिए । संघको अतिरिक्त उनी दर्जनौं संघ संस्थामा रही समाजसेवा कार्यमा रहेका छन् । शुक्रवार दिन नेपालगञ्जमा एक अनलाइनबाट आफ्नो विचार राख्दै उनले भने, वैशाख ३० गते शुक्रवार हुने स्थानीय निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु छन् उनीहरुको चाल चरित्र व्यवहार र छवि कस्तो छ मतदाताले अहिले बुझ्नु पर्ने जरुरी छ । कोही विगतमा जमुनहा नाकामा बसेर पहाडी समुदायलाई पहाडिया पहाड जाउ भन्दै ढुंगा हानी तमाम जनालाई घाइते पारेका थिए यिनीहरुकै कारण सहकारी वित्तीय विकास बैंकमा सर्वसाधारणहरुको करोडौं रकम डुबेको छ । त्यस्तै केहीहरु यस्ता पनि छन् जुनकि उद्योगी व्यापारीको रकम अनियमिततापूणर् ढंगले खर्च गर्न मौका पाउँदै सो लाखौं लाख रकमबाट आ-आफ्नो घरको रंग रोगन गराई खर्च गरे । केही नेता ठिक्क छन् तर उनीको हाइट नपुगेको कुरा समेत चर्चा परिचर्चामा छ । यस्ताहरु जनताको सेवा गर्न होइन मात्र मेवा खाने दाउमा छन् यस्ताहरुबाट सबै सचेत र सावधान रहनुपर्ने जरुरी रहेको बताए ।
राप्रपा नेपालबाट मेयर पदका उम्मेदवार अभय कुमार बस्नेत विगतदेखि आफ्नो विचार स्पष्टताले राख्दै आएका छन् नेपालगञ्जमा २०१९ सालमा जन्मिएका अभयले समाजशास्त्रमा एमए गरेका छन् । उनले २०३५ सालमा राजनीतिमा प्रवेश गरेका थिए । हाल उनी नेपाल औषधि व्वसायी संघ प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा रहेका छन् । उनी नेपाल औषधि व्यवसायी संघका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् । यस्तै नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चलको २ पटक पूर्व अध्यक्षको रुपमा कार्य गरेका छन् । हाल नेपाल हैन्डबल संघको केन्द्रिय सदस्य र बाँके हैन्डबलस संघको जिल्ला अध्यक्ष रहेका छन् । यस्तै हैन्डबल एथ्लेटिक्स प्रतियोगितामा आठ पटक उनले सहभागिता जनाएका छन् । उनी नेपालगञ्ज उद्योग वाणिज्य संघको पूर्व प्रवक्ताको रुपमा कार्य गरि सकेका छन् । हाल उनी राप्रपा नेपालको नगर अध्यक्ष रहेका छन् । नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन नेपालगञ्ज युनिटको संस्थापक अध्यक्ष हुन् । यस्तै नेपाल लायन्स फेडेरेसनको चार्टर्ड सदस्य पनि हुन् । हाल उनी नेपालगञ्ज उमनपा वडा नं. १० श्री शिव महाकाली मन्दिरको उपाध्यक्ष रहेका छन् । यस्तै नेपालगञ्ज उमनपा वडा नं. १० श्री गणेश मन्दिरको उपाध्यक्ष पनि रहेका छन् ।
यस निर्वाचनमा उनी एकदमै जोशिलो पाराले चुनावी प्रचार प्रसारमा लागेका छन् । उनीको प्रशंसक मात्र पहाडी समुदायका व्यक्ति छैनन् बरु वैश्य समुदाय र मुस्लिम समुदायको ठूलो संख्यामा व्यक्तिहरु उनको प्रशंसक छन् यस कारण चुनावमा अभय बस्नेत एक मजबुत उम्मेदवारको रुपमा देखा परेका छन् । राप्रपा नेपालले उमनपाको २३वटै वार्डमा आफ्नो उम्मेदवार खडा गर्न नसकेपनि करीब १४-१५ वार्डमा आफ्नो उम्मेदवार उतारेको छ । राप्रपाले राजश्री शाहलाई उपमेयर पदमा उतारेको छ । कमल थापा नेतृत्वको यस राप्रपा नेपालको चुनाव चिन्ह तीर रहेको छ ।