बाँके २० चैत २०७८ एम के कौशल
नेपाल र भारतका पत्रकारबीच शनिवार सीमा नाका लगायतको समस्यामाथि वृहत छलफल भएको छ ।नेपाल र भारतका पत्रकारबीच शनिवार आयोजित ऐतिहासिक अन्तरक्रिया कार्यक्रममा सीमा नाका लगायतको समस्यामाथि बृहत छलफल भई अगामी कार्यक्रम भारतको बहराईच जिल्लामा हुने गरी सबै समस्याको हल खोजिने सहमति भएको छ ।
शनिबार मधेश मिडिया मिसन नेपाल बाँकेले आयोजना गरेको होली मिलन कार्यक्रम र सीमानाका सम्बन्धमा मिडियाकर्मीको भूमिका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय पत्रकार अजय मिश्राले भने, ‘नेपाल भारत बीचको सम्बन्ध धेरै नै प्राचीन छ । यसलाई अझ प्रगाढ बनाउनु जरुरी छ । नेपाल भारत बीच सीमा छ तर सम्बन्ध दुबै देशबीच अटुट छ । राजनीतिमा एकता नभए पनि जनतामा एकता छ । आफू नेपालको सौन्दर्यता अवलोकन गर्न सधंै यहाँ आउने गर्छु भने ।
त्यस्तै पत्रकार राजिब शर्माले भने, ‘हाम्रो धर्म, संस्कृति र सभ्यता एक छ, यसको संरक्षण सम्बद्र्धन दुबै देशका जनताले मिलेर गर्नु जरुरी छ । उनले बादल वन के वरस जाने दो‘.. कविता बाचन गर्दै दुबै देश बीचको एकतामाथि जोड दिए ।
भारतीय पत्रकार बनारस गिरीले सरस्वती बन्दना गरी आफ्नो धार्मिक संस्कृतिक एकता माथि प्रकाश पारेका थिए । त्यस्तै नै बयोबृद्ध पत्रकार मनिराम शर्माले आफू लामो समयदेखि नेपालगन्ज समाचार संकलन गर्न आउने गरेको बताए ।
उनले भने, जब यहाँ २०६२÷०६३ मा जनआन्दोलन भयो जनताको मुख थुन्ने काम भयो यस समय मैले निरंकुशताको अंतको लागि रुपैडियहामा नेपाली पत्रकारले गरेको आन्दोलनलाई सघाएको थिए । नेपालमा जब–जब समस्याहरु आउँछ मेरो चित्त दुख्छ र सो समस्याहरु समाधान गर्न सधै तत्पर रहन्छु । यस्तो सम्बन्ध अगामी समयसम्म पनि कायम रहनु पर्छ, किनकी हामी दुबै बीच नङ र मासुको सम्बन्ध छ । एक अर्कोलाई सघाउन हामीहरुको परम धर्म हो ।’
भारतीय पत्रकार आदित्य भान सिंहले पनि नेपाल–भारत एकतामाथि जोड दिँदै भगवान रामको विवाह नेपालको जनकपुरमा माता सीतासँग भएको थियो । यसरी त्रेता कालदेखि नै दुुबै देश बीच सम्बन्ध छ । यो सम्बन्धलाई हामी बिर्से भने बेमानी हुनेछ भने ।
वरिष्ठ पत्रकार निरज गौतमले पत्रकारहरुको लागि कुनै सीमा हुँदैन । यो सबै क्षेत्र माथि कार्य गर्छन, सत्यको लागि पत्रकार काम गर्छन्, असत्य बढ्न थालेपछि त्यसलाई अपराधको श्रेणीमा राखी त्यसको विरुद्ध कलम चलाउँछन् । सीमा नाकामा विभिन्न समस्याहरु छ, भारतको विभिन्न स्थानमा रोजगार गरि फर्केकाहरुसँग लुटपाट, चेलीबेटी बेचबिखन, दाईजो समस्याहरु अपराध हुन् । यस्तो समस्याको निराकरणको लागि दुबै देशका पत्रकार मिलेर कार्य गर्न सक्छन् । यो कार्यक्रमबाट विभिन्न समस्याको हल खोज्नु पर्ने बताए ।
पत्रकार विजय बर्माले भने, ‘पत्रकारिताको डाइग्नेसनमा धेरै नै परिवर्तन आई सकेको छ । यहाँ हाम्रो मुख्य कार्य हो विचारको प्रवाह गर्नु, सत्य कुरा गर्नु, हामी दुबै देश बीच राजनीतिक सम्बन्ध कम तर धार्मिक, सांस्कृतिक सम्बन्ध बढी छ । हामीले धार्मिक, सांस्कृतिक सम्बन्ध कायम राख्न सफल भयौं भने सबै समस्याको समाधान आफै नै हुनेछ ।’
वरिष्ठ पत्रकार पूर्णलाल चुकेले हामी दुबै देशका पत्रकार बीच सम्बन्ध विगतदेखि नै प्रगाढ छ । यसै अनुसार दुबै देशका पत्रकार मिलेर कार्य गर्दै आएका छन् । अब पत्रकारहरु विभिन्न समस्याको छिनाफानो गर्न एकताबद्ध हुनुपर्ने कुरामा जोड दिए ।
वरिष्ठ चित्रकार, साहित्यकार श्यामानन्द सिंहले कविता बाचन गर्दै भने, ’अपना बच्चा रोता है तो दिल मे दर्द होता है, दुसरेका बच्चा रोता है सिर मे दर्द होता है ।’
पूर्वमन्त्री सर्वदेव ओझाले भने, ‘नेपाल–भारत बीचको सम्बन्ध आजदेखिको होइन अति नै प्राचीन छ । आफू मन्त्री छंदा सम्म दुबै देश बीचको एकता माथि बल दिंदै रहे आज पनि एकता माथि बल दिंदै रहेको छ ।’ आजको पत्रकारितामाथि भने, ‘अहिले पत्रकारिताको स्वरुप बिग्रिरहेको छ प्रिन्ट मिडिया लोप हुन थालेको छ । यसको सट्टा अनलाईन र इलेक्ट्रानिक मिडिया काम गरिरहेको छ । प्रिन्ट मिडिया हराउनु भनेको दुव्र्भाग्यपूर्ण कुरा हो ।’
यस्तै पत्रकार अजय गुप्ताले भने, त्रेतायुगमा रामको बिहे नेपालको जनकपुरमा भएको थियो । तर सो कालको सम्बन्ध हामी मजबूत पार्न सकिरहेका छैनौं । भारत र नेपालबीच छोरीबेटीको बिहे गर्ने परम्परा धेरै नै पुरानो हो तर अहिले नेपाली चेलीबेटीको भारतमा बिहे हुँदा दाइजो लगायत विभिन्न समस्याहरु झेल्नु पर्छ । नेपाली चेलीबेटी भारततर्फ समस्यामा पर्दा त्यहाँको प्रहरी प्रशासनले हाम्रो सुनुवाई गर्दैन यस्तो समस्या विद्यमान रही रह्यो भने सम्बन्ध खराब हुँदै जानेछ । यस्तो समस्याहरु तमाम छन् सीमा नाका बजार रुपैडिहामा भारततर्फ रोजगारी गरी फर्केका नेपालीहरुसँग लूटपाट त्यहाँका मेडिकल
पसल लगायतमा लागु औषधको बेचबिखनबाट हाम्रा युवाहरुको भविष्य बर्बाद भइ रहेको छ यस्तो विकृति विसंगतिको अन्त्य गर्न दुवै देशका पत्रकारले मिलेर काम गर्नु जरुरी छ भने । हुँदै उहाँले लागू औषधको बेचबिखनबाट हाम्रा युवाको भविष्य बर्वाद भई रहेको छ । यस्तो विकृति विसंगतिको अंत गर्न दुबै देशका पत्रकारले काम गर्न जरुरी छ भने ।
त्यस्तै वरिष्ठ पत्रकार रुद्र सुवेदीले भने, जुन प्रकार भारतसँग हाम्रो सम्बन्ध छ सोही प्रकार अर्काे छिमेकी देश चीनसँग पनि नेपालको सम्बन्धमा फरक मात्र यति छ भारतसँग हाम्रो धार्मिक सांस्कृतिक सम्बन्धमा छ चीनसँग भाषागत समस्या छ हाम्रो संस्कृति मिल्दैन तर पनि नेपाल दुवै देशसँग राम्रो सम्बन्ध राखेको छ । यस्तो कार्य कालान्तरसम्म चल्नुपर्छ । सीमा नाकामा तमाम समस्याहरु छन् यसलाई दुवै देशका पत्रकारहरुले समाधान खोज्नेतर्फ लाग्नु प¥यो ।
नेपाल पत्रका महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारीले भने, म २८ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको छु पत्रकारिता क्षेत्रको अहिले धेरै नै विकास भइ सकेको छ । यसको दायरा फराकिलो बन्दै गएको छ । सीमा नाका क्षेत्रमा तमाम समस्याहरु छन् यो समस्या निराकरणका लागि दुवै देशका पत्रकारहरुले मिलेर कार्य गर्नु जरुरी छ । आजको अन्तरक्रिया कार्यक्रमले समस्या समाधानको लागि कार्य गर्ने भने ।
कार्यक्रम बीच भारतीय पत्रकार र नेपाली पत्रकारहरुलाई मधेश मिडिया मिसनले मधेशी टोपी गम्छा, साल लगाई कदर प्रमाण पत्र दिई सम्मान गरेको थियो ।
यस्तो सम्मान पाउनेहरुमा पत्रकार आदित्य भान सिंह, अजय शर्मा, कुँवर दिवाकर सिंह, विद्या भुषण सिंह, निरज वर्नवाल, इरसाद हुसैन, मनिराम शर्मा, श्यामकुमार मिश्रा, संजय बर्मा, सुरेश मधेशिया, राजेश सिंह, नवि अहमदलगायतको सम्मान गरिएको थियो । कार्यक्रममा अनुपस्थित भारतीय पत्रकारको कदर सम्मान प्रमाणपत्र पठाइएको छ ।