नेपालगन्ज
स्थानिय निर्वाचनको मनोनयन दर्ता सगै नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगंज उपमहानगरपालिका वडा नं.४ ले घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । ने क पा एमालेले वडा नं.४ टेक बहादुर केसी लाई अगाडि बढाएको छ । यसैगरी सदस्यहरु महिला तर्फ नन्दा घिमिरे,पुरुष तर्फ सन्तोष कौशल,मुस्लिम तर्फ कशिम कबडिय दलित महिला तर्फ सुरजा सुनार रहेको छन। घरदैलोका क्रममा स्थानिय वडा बासीहरुले टिमलाई स्वागत समेत गरेको थियो ।घरदैलोमा स्थानिय वडा बासीहरुको आफुप्रतिको विश्वासलाई हेर्दा विजय सुनिश्चित भएको अध्यक्षका उमेदवार टेक बहादुर केसीले बताए ।