नेपालगञ्ज २२ फागुन २०७८
मधेश मिडिया मिसन नेपाल बाँके शाखाको कार्यसमिति बैठक बसी विभिन्न निर्णयहरु गरिएको छ ।
यही चैत ३ र ४ गते हुने हिन्दूहरूको महान पर्व होली लाई भब्य रुपमा मनाउने र चैत्र १ गते होलीको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने मधेश मिडिया मिसन नेपाल बाँके शाखा सचिव सन्ध्या शर्माले जानकारी गराउनुभयो ।
सचिव शर्माका अनुसार मिसनमार्फत अगामी बैशाख महिनामा आयोजना हुन गईरहेको अवधी पत्रकारिता स्थापना दिवसलाई भब्य र सब्य रुपले व्यवस्थापन गर्न चाहिएको आर्थिक व्यवस्थापनमा समेत जोड दिई तदारुकताका साथ आर्थिक संकलन तर्फ लाग्ने बताउनुभयो ।
अवधी पत्रकारिता स्थापना दिवसको आर्थिक संकलन संयोजक मनोज कौशलको नेतृत्वमा चन्दा सिंह, सन्ध्या शर्मा लगायत ५ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रममा मधेश मिडिया मिसन नेपालका सल्लाहकार अजयकुमार गुप्ता, अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई,
देवीदयाल मिश्रा, शुभम् शर्मा, आकाश गुप्ता, सहभागिता रहेको थियो ।