योगीको सपथ समारोहमा भाग लिन भारत पुगेको नेपाली सांसदको टोलीले नेपाल भ्रमणमा आउन निम्तो दिएको थियो । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले योगीलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिए ।
उनकाअनुसार योगीले कार्यक्रम मिलाएर नेपाल भ्रमणमा आउने प्रतिबद्धता जनाएका छन् । लुम्बिनी र पशुपतिनाथको दर्शन गर्नेगरी योगी नेपाल आउनेछन् ।
उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि योगी नेपाल आएका छैनन् । उनी नेपाल विश्वका सारा हिन्दुको प्रतिनिधित्व गर्दै हिन्दु राष्ट्र हुनुपर्ने मान्यता राख्दै आएका छन् ।