मधेश मिडिया मिशन नेपाल शाखा कार्यालय बाँके जिल्ला कमिटीको बैठक बसी अवधि पत्रकार दिवस मनाउने बारेमा विस्तृत चर्चा गर्दै माघ महिनामा अन्तरक्रिया कार्यक्रम गर्न निर्णय गरेको छ।
बैठक चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा बसेको थियो । जसमा उपाध्यक्ष मनोज कौशल, सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह सहसचिव रमेशचन्द्र कुमाल, सदस्यहरु सकिल अहमद राई, उमेश, आकाश गुप्तालगायतको उपस्थिति रहनुका साथै सल्लाहकार अजयकुमार गुप्ताको विशेष सहभागिता रहेको थियो ।