विश्वभरी नागदेवताकाे पुजा हुन्थ्याे
१) चीनमा Dragon, काेरियामा Eobshin, जापानमा Orochi नामका नागदेवता छन्।
हिन्दू र बाैध्द शास्त्रमा विभिन्न नागदेवताका कथा पाईन्छन्-शेषनाग, वासुकी, तक्षक, अनन्त, नन्द, महानन्द, कालेय, आस्तिक, कर्काेटक, सगर, उत्पालक ईत्यादि ।
हिन्दू शास्त्रमा शेष, वासुकी ईत्यादि नागहरु देवगुण भएका नागकाे रुपमा चर्चित छन् भने कालेय, तक्षक ईत्यादि चाहिँ राक्षसीगुण भएका नागकाे रुपमा चर्चित छन् ।
यसरी नै, राेमन/ग्रीक सभ्यतामा पनि नागहरु दुई प्रकारका थिए-एउटा देवगुण भएको । अर्काे चाहिँ राक्षसी गुण भएको ।
अनि, प्राचीन जर्मनहरु चाहिँ नागलाई पितृकाे रुप मान्दथे भने अहिले पनि अफ्रिकाका केही स्थानमा नागदेवताका मन्दिर छन् जस्तै:नाईजेरियामा । अफ्रिकन जलदेवी Mami Wata सर्पले बेरिएर बसेकी हुन्छिन् ।
प्राचीन ईजिप्टका राजाहरुकाे मुकुट मै सर्पकाे ढाँचा देख्न पाईन्छ, याे चाहिँ Wadjet देवताकाे रुप हाे पनि भनिन्छ । ईजिष्टमा Ra प्रमुख देवता थिए, सर्प यिनीसँग पनि जाेडिएकाे छ।
बेबिलाेनमा Madruk लाई संरक्षक देवता मानिन्थ्यो, नेपालमा आराध्यदेव पशुपतिनाथ भनिए झैँ, मड्रुककाे मन्दिरका चार ढाेका, चारवटै ढाेकामा जाेडी नागका मुर्ति । कम्बाेडिया, थाईल्याण्डतीरका बाैध्द मन्दिरका ढाेकामा ड्रागनका मुर्ति छन् ।
सुमेरियनले पुज्ने नागदेवताकाे नाम Ningishzida थियाे । यी देवता कृषि र वृक्षसँग सम्बन्धित थिए । सेमेटिक भाषा बाेल्ने कनानीहरु पनि सर्पका पुजारी थिए । Megiddo र Gezer क्षेत्रमा नागदेवता सम्बन्धि सामाग्री फेला परेका छन् ।
UAE का Rumailah, Bithnah, Masafi मा पनि पुरातत्वविद्ले सर्पाकृति फेला पारेका छन् ।
यसरी, प्राचीन विश्वभरि नागदेवतालाई मान्ने गरिएको पाईन्छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् ।।
नागपञ्चमीकाे शुभकामना छ ।