यस वर्ष पितृ पक्ष असोज ५ गते आइतवारसम्म चल्ने भएको छ । पितृ पक्षमा वैदिक सनातनीहरु आफ्नो दिवंगत पितृहरुलाई मोक्ष दिलाउन अयोध्या, काशी, गया जस्तो देवस्थानमा पुगी उहाँहरुलाई पिण्ड दान, आत्माशान्ति आदि विभिन्न धार्मिक अनुष्ठानहरु गराउने गर्छन् । यो धार्मिक अनुष्ठान आस्था र विश्वास राखि शताब्दियौंदेखि हुँदै आएको छ ।
गयाजीको अर्थ हो जो व्यक्ति दिवंगत भर्इ सकेका छन् यहीँबाट उहाँ पितृगणतर्फ देवलोकतर्फ प्रस्थान गर्ने गर्छन् अर्थात पितृहरुको लागि गया स्वर्गलोक जाने अन्तिम स्टेशन हो । तर वैदिक सनातन धर्मको अथर्ववेद, सामवेद, ऋग्वेद र यजुर्वेदमा स्वर्गलोकको कुनै वर्णन छैन यी ४ वटै वेदमा स्वर्गको उल्लेख छैन न त १३ वटा उपनिषद जसमा ११ उपनिषद प्रमाणिक छन् यस उपनिषदहरुमा पनि स्वर्गलोकबारे कहिँ पनि उल्लेख छैन । वैदिक सनातन धर्मका मुख्य स्तम्भ मानिनेहरु मर्यादा पुरुषोत्तम भगवान श्रीराम, योगीराज भगवान श्रीकृष्ण, रामानुज कबिरदास, वशिष्ठ भगवान बुद्ध, कणात, महर्षि पतञ्जलि, महर्षि मिहिर, कपिल मुनि, विश्वामित्र, जैमिनी वातरायनको दर्शनमा कहिँ पनि स्वर्गलोकको जिकिर छैन । उहाँहरुले स्वर्गको सत्तालाई अनदेखा गर्दै ध्यान, जप–तप, पुजा, आराधनासम्म आ आफूलाई सीमित राखेका थिए । उहाँहरुले कहिले पनि स्वर्ग पाउने अभिलाषा राख्नु भएन यसको कारण हो स्वर्गलोक कहिँ पनि छैन । स्वर्ग एउटा आस्था मात्र हो यो कुनै स्थानमा छैन । वैदिक सनातन धर्मका महान ऋषि महर्षिहरुले भक्तिमार्गबाट मोक्षको प्राप्ति गरे । आदि गुरु शंकराचार्यले पनि भनेका थिए अर्काको तन्त्रमन्त्रबाट मोक्षको प्राप्ति हुँदैन । यो मोक्षको प्राप्ति तपस्या, साधना, उपासना र ईश्वर भक्तिले आपसे आप प्राप्त हुन्छ । परमानन्द पाउनु छ भने ईश्वरभक्ति तर्फ सबै लाग्नु जरुरी छ । स्वर्गमा आवागमन छ मोक्षमा आवागमन छैन मोक्षको प्राप्ति भए पटक पटक जन्म लिइने, मृत्यु हुने अवस्थाबाट मुक्ति मिल्छ । मृत्यलोकमा अनाहक दुःख भोग्नु पर्छ भनेका थिए । जब सृष्टि भयो त्यस समय यस पृथ्वीमा २ वटा परम्परा अस्तित्वमा आयो यसमा एउटा परम्परा आयो सामी परम्परा र अर्काे आर्ज परम्परा । सामी परम्परामा स्वर्गको अस्तित्वको उल्लेख छ यो परम्परा गाई, गंगा र पुनर्जन्ममा विश्वास नराख्ने छन् । आर्ज परम्परामा गाई, गंगा र पुनर्जन्मलाई ठूलो स्थान दिइएको छ । यसरी स्वर्गको सिद्धान्त सामी परम्परा मान्नेले स्वीकार्छन् ।वैदिक सनातन धर्मावलम्बी स्वर्गको सिद्धान्तलाई न त विगतमा स्वीकारेका थिए न त आज स्वीकार्छन् न त आउँदो समयसम्म स्वीकार्छन् । स्वर्गको अस्तित्व मान्नेहरु यस पृथ्वीमा दण्ड सजायँ भोग्न आएका हुन् वैदिक सनातनी पृथ्वीमा दण्ड, सजायँ भोग्न आएका होइनन् यिनी यहाँ दया, करुणा, त्याग, तपस्या, सेवा, भक्ति, उपासनाका लागि आएका हुन् यो कर्म गरेमा स्वतः नै मोक्षको प्राप्ति हुन जान्छ । अनि स्वर्गको परिकल्पना किन गर्ने त ? वैदिक ग्रन्थहरुमा उल्लेख रहे अनुसार जहाँ भोक, रोग, प्यास, दुःख, चिन्ता, पीडा हुँदैन त्यो नै स्वर्ग हो जहाँ जहाँ यी सबै कुरा विद्यमान हुन्छन् त्यो चाहिँ नरक हो । वैदिक सनातन धर्ममा अर्थ, धर्म, काम, मोक्ष सहितको ४ वटा सन्देश छ । यो नै ४ वटा पुरुषार्थ हुन् । अर्थको परिभाषा हो इमान्दारीले धन आर्जन गर्नु, व्यापार, कृषि आदि लगायतबाट । यो धनलाई धर्ममा लगाए मोक्षको प्राप्ति हुन्छ । तर आज हामी वैदिक सनातन धर्म मान्नेहरु वेदले देखाएको बाटोमा हिँडी रहेका छैनौं । हामी आफ्नो बुद्धि प्रयोग गर्दैनौं । पण्डा, पण्डित, पुरोहित, ब्राम्हणको कुरा मानेर अनावश्यक धर्न खर्च गर्छाैं । व्यक्तिको देहावसान हुन्छ अनि पण्डा, पुरोहित, पण्डित, ब्राम्हणले भने अनुसार आफ्नो पितृलाई स्वर्ग लोकतर्फ प्रस्थान गराउन अयोध्या, काशीदेखि गयासम्म पुगी पिण्डदान लगायत कर्मकाण्ड गर्छाैं । आफ्नो पितृलाई स्वर्गमा विभिन्न घरायसी सरसामान पु¥याउन सो वस्तुहरुलाई दानमा दिन्छौं । हरेक वर्ष यो कार्यको लागि नविकरण पनि गराउँछौं कुरियर मार्फत आफ्नो पितृहरुलाई खाट, सिरानी, खाद्यान्न, लुगालत्ता, ग्यास चुल्होदेखि ग्यास सिलिण्डरसम्म त्यहाँ पु¥याउँछौं । यस्तो कार्य निश्चित पनि हास्यास्पद छ । जब स्वर्गमा भोग, रोग, शोक, दुःख, पिडा, चिन्ता छैन अनि यी सबै वस्तु के काम लाग्यो
त ? एउटा सानो कथा छ एक जना सेठको मृत्यु भयो उनी सेठको ४ वटा छोरा थिए । एक दिन घरमा छोराहरुले पण्डितजीलाई आफ्नो घरमा बोलाएर भन्छन् महराज स्वर्गलोकमा मेरो पिताजीको अवस्था कस्तो छ ? यस समय पण्डितजी आँखा बन्द गरेर ध्यान लगाउँछन् र केही बेर पछि आँखा खोलेर भन्छन्, यजमान तिम्रो पिताजीको अवस्था स्वर्ग लोकमा धेरै नै पीडा दिने खालको छ त्यहाँ उनी जाडोले कठ्याँग्री रहेका छन् । वास्तवमा सो पण्डितजीलाई एउटा न्यानो कम्बलको आवश्यकता थियो यस कारण उनीले यस्तो मनगढन्त कुरा सेठजीको ४ वटै छोरालाई सुनाएका थिए । पिताजी स्वर्गलोकमा जाडोले कठ्याँग्री रहेका छन् यो कुरा सुनेर उनी ४ जना दाजुभाई अत्यन्तै दुखी भए र सबै जना घरको एक कुनामा गएर कम्बल किन्न विचार विमर्श गर्न थाले । सेठको छोराहरु कमसल खाले कम्बल किनेर दान गर्न खोजी रहेका छन् बुझी ती पण्डितजीले भने यजमान कमसलखाले र सस्तो कम्बलको दानबाट तिम्रो पिताश्रीको जाडो कट्दैन अलि महँगोखालको राम्रो कम्बल किनेर देउ अनि मात्र उहाँको जाडो कट्छ भन्दा छोराहरुले एक आपसमा रकम मिलाई राम्रो कम्बल किनेर पण्डितजीलाई दान दिए । यसबाट बुझिन्छ कि स्वर्गलोकको कथा हाम्रो ऋषि, महर्षि, महात्मा र वेद उपनिषदको देन होइन यो कुरा केहीहरुले आफ्नो स्वार्थ राखी जनसाधारणमा फिजाई दिए जसको मारमा आज सबै पर्दै आएका छन् । गयाको अर्थ के हो ? यो बुझ्न धेरै मिहिनेत गर्नु पर्दैन यसको अर्थ हो जो व्यक्ति संसार छाडेर गयो त्यसलाई नै गया भनिएको हो तर केही अवसरवादी, कमाउने खानेहरुले गयालाई एउटा स्टेशन जस्तो बनाई दिए जहाँ सबैलाई बाध्यतावशजानु पर्छ नगए उनीको तिरस्कार समाजले गर्छ तर एउटा कुरा सत्य हो जुन मर्यादा पुरुषोत्तम भगवान श्रीराम, योगीराज श्रीकृष्ण लगायतको हामी रात दिन उपासना भक्ति गर्छाैं र उहाँले स्वर्गको अभिलाषा कहिले पनि गर्नु भएन अनि उहाँको अनुयायी हामी वैदिक सनातनी कमाउने खानेहरुको भ्रमजालमा किन फसेका छौं यो चाहिँ अवश्य नै सोचनीय विषय छ । हामी वास्तवमा भगवान राम र कृष्णको वंशका हौं भने यो भ्रमजाल अब तोड्नु पर्छ । यस कारण सावधान आजैदेखि स्वर्गलोक सबै वैदिक सनातनीको लागि प्रतिबन्धित छ यो कुरा सबैले विचार गर्नुपर्ने आवश्यक भएको छ ।